Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चिनिए 'सिरियल किलर' - Himalkhabar.com

थप समाचारबिहीबार, आषाढ १७, २०७२

चिनिए ‘सिरियल किलर’

हिमालखबर

६ वर्षमा ८ जनाको हत्या गरेर सप्तरीबाट कतार पुगेका मोहम्मद सकिल हुसेन नेपाल प्रहरीको हातमा पर्न मात्र बाँकी छ।

– श्रवणकुमार देव, सप्तरी

टिकुलिया–४ सप्तरीका सहबुद मियाँ छोरो आलम जेलबाट रिहा हुनेमा आश्वस्त थिए। सगिरा खातुन पनि पति घर आउने दिन गन्न थालेकी थिइन्।

मियाँ परिवारले हत्या अभियोगमा राजविराज कारागारमा रहेका आलमलाई छुटाउन टिकुलिया–७ का मोहम्मद सकिल हुसेनलाई रु.३ लाख दिएका थिए। तर, आलम रिहा भएनन्, बरु उनलाई छुटाउन लागिपरेका बाबु र पत्नी नै बेपत्ता भए।

जण्डौल–६ की दुलारीदेवी साह पनि कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका पति धीरेन्द्र साहलाई छुटाउन सकिललाई रु.६ लाख बुझाएपछि बेपत्ता भइन्।

यी तीन जना एकाएक बेपत्ता भएको सबैले सुनेका थिए, उनीहरूको हत्या भएको चाहिं प्रहरीले कंकाल फेला पारेपछि मात्र थाहा भयो। सप्तरी प्रहरीले दुलारीको कंकाल गत २४ वैशाखमा जण्डौल–८ मा पर्ने चुरेबाट निकाल्यो भने सहबुदको कंकाल कल्याणपुर–८ भदैयामा खनेर ६ जेठमा निकालेको थियो।

सगिराको कंकाल पनि भदैयामै फेला पर्‍यो, ४ असारमा। तीनै जनाको हत्या सकिलले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

photosफिल्ममा जस्तो अपराध
कसैको हत्या गरेर कोही जेल जान्छ। त्यहाँ आफू जस्तै अभियुक्तहरूसँग घनिष्ठता बढाउँछ र तारेखमा रिहा भएपछि तिनीहरूबाटै पैसा कमाउने योजना बनाउँछ। योजना कार्यान्वयनको क्रममा सात जनाको हत्या समेत गरेर विदेश जान्छ।

फिल्मको कथा जस्तो लाग्ने यो घटनाक्रमका पात्र मोहम्मद सकिल हुसेन अहिले कतारमा छन्। नेपाल प्रहरीले उनलाई समाई नसके पनि उम्किन नसक्ने बनाएको छ।

अपराधकर्मकै बीच कुशहा–६ मा नयाँ घर बनाएर टिकुलिया छाडेका ३५ वर्षीय सकिल २६ वैशाख २०६४ मा मल्हनिया–६ का आरुल मियाँ (३४) को हत्या अभियोगमा २०६८ मंसीरमा पक्राउ परेर राजविराज कारागार पुगे।

१७ पुस २०६९ मा जण्डौल–८ का डम्बर र कौशिला भट्टराई दम्पतीको हत्या अभियोगमा ३० फागुन २०६९ मा कारागार आइपुगेका दुलारीदेवी र धीरेन्द्र साहसँग जेलमा सकिलको घनिष्ठता बढ्यो। कारागारमा मोहम्मद आलम (सहबुद मियाँका छोरा) सँग पनि मित्रता गाँसेर उनी तारेखमा छुटे।

कल्याणपुर–८ भदैयाबाट प्रहरीले उत्खनन् गरेको सहबुद मियाँको कंकाल।

कल्याणपुर–८ भदैयाबाट प्रहरीले उत्खनन् गरेको सहबुद मियाँको कंकाल।

छुटेलगत्तै मियाँ परिवारलाई भेटेर आलमलाई छुटाउने भन्दै रु.३ लाख लिएका सकिलले १० असोज २०६९ मा काठमाडौं जान भन्दै सहबुद र उनकी बुहारी सगिरालाई कुशहा चोकमा बोलाएर बेपत्ता पारे।

२३ जेठ २०७० मा तारेखमा छुटेर श्रीमान्लाई छुटाउन ससुरा सीताराम साहको नाममा रहेको तीन कट्ठा जग्गा बेची सकिललाई रु.६ लाख दिएकी दुलारीदेवी पनि २०७० मंसीरमा एकाएक हराइन्।

“उनीहरूको हत्या त्यतिवेलै भएको अनुसन्धानले देखाएको छ”, सप्तरी प्रहरी प्रमुख उपरीक्षक शिशिर कर्माचार्य भन्छन्, “२ चैत २०७० मा त्रिकौल गाविसमा भएको निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता थियो।”

जेठाजुहरूसँगको अंश मुद्दाको क्रममा सप्तरी जिल्ला अदालत धाइरहेकी निर्मलादेवीसँग नजिकिएर डेढ लाख रुपैयाँ लिएका सकिलले त्यो रकम नतिर्न हत्या गरेको एसपी कर्मचार्यले बताए। बेपत्ता र हत्याका घटना बढेपछि त्यसैमा केन्द्रित भएर २०७१ वैशाखबाट प्रहरीले थालेको अनुसन्धानको क्रममा समातिएका शंकास्पदहरूको वयानबाट दुलारीदेवी, सहबुद मियाँ र सगिरा खातुनको हत्या भइसकेको थाहा भएको थियो।

समातिएका सकिलका सहयोगीमध्ये अलाउद्दिन मियाँ, नसरुल मियाँ र हजरुन खातुन पुर्पक्षको लागि थुनामा छन् भने नगिना खातुन, सगिना खातुन र मजलुम मियाँ धरौटीमा छुटेका छन्। भारतीय नागरिक मोहम्मद मस्तकिम फरार छन्। सकिलद्वारा हत्या गरिएकी दुलारीदेवी उनको पुरानै सहयोगी रहेको एउटा घटनाले देखाएको छ।

पति र बुहारी बेपत्ता भएपछि सहबुदकी पत्नी कैली खातुनले सकिलविरुद्ध २१ असोज २०६९ मा कल्याणपुर इलाका प्रहरी कार्यालयमा उजुरी दिंदा ‘ससुरा–बुहारी आफैं भागेर कतै लुकेर बसेको हुनुपर्छ’ भन्ने वयान दिएका सकिलले ८ कात्तिकमा दुलारीदेवी मार्फत सहबुद मियाँ र सगिरा खातुनविरुद्ध जिल्ला प्रहरीमा चोरी मुद्दा दर्ता गराएका थिए। यसले सकिल र दुलारीको सम्बन्ध पहिल्यैबाट रहेको देखिएको प्रहरीको निष्कर्ष छ।

सकिलले निर्मलादेवीको हत्याभन्दा चार महीनाअघि पुसमा सुनसरीको इनरुवा–७ स्थित डेरामा बोलाएर ससुरा इद्रिस नट मियाँ, सासू जैतुन खातुन र श्रीमती सेरुन खातुनको पनि हत्या गरेको खुलेको छ। त्यो हत्या ससुरालीको पाँच कट्ठा जग्गा हडप्न गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

सकिलले ससुराली गाउँ जण्डौल–५ मा भने सासू–ससुरालाई उपचारका लागि दिल्ली लैजाँदा दुर्घटनामा पत्नीको समेत मृत्यु भएको हल्ला फिंजाएका थिए। २०७० पुसमा हराएका तीनै जनाको शव सुनसरी प्रहरीले २ फागुनमा इनरुवा–७ मा फेला पारेको थियो।

पैसाको लागि ६ वर्षमा आठ ज्यान लिएर कतार पुगेका सकिललाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट रेडकर्नर नोटिस जारी गराइसकेको नेपाल प्रहरीले सुपुर्दगीका लागि कानूनी प्रक्रिया थालेको छ। उनी २०७० चैतमा त्रिकौलमा निर्मलादेवी साहको हत्या भएको तीन महीनापछि कतार उडेको प्रहरीको अनुमान छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>