समाचारबिहीबार, आषाढ १७, २०७२

कृषि मन्त्रालय गृहमन्त्री गौतमले हेर्ने

हिमालखबर

कृषिमन्त्री हरिप्रसाद पराजुलीले राजिनामा दिएपछि एमालेले तत्काल नयाँ मन्त्री नियुक्तिका लागि सिफारिस नगर्ने भएको छ ।

उक्त मन्त्रालयको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले नै लिने भएका छन् । एमाले मन्त्रीहरुको नेतृत्वसहित गौतम वर्तमान सरकारमा गृहमन्त्री छन् ।

१५ असारमा धान दिवसको अवसरमा आयोजित सार्वजनिक कार्यक्रममा पराजुलीले महिलामाथि अभद्र व्यवहार गरेको भन्दै आलोचना भएपछि १७ असारमा राजिनामा बुझाएका हुन् । प्रधानमन्त्री सुशील कोइरालाले पराजुलीको राजिनामा आजै स्वीकृत गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>