समाचारशुक्रबार, आषाढ १८, २०७२

कम्पनी रजिस्टारको शाखा कार्यालय बन्द

हिमालखबर

पूर्वाञ्चलमा सहज सेवा उपलब्ध गराउन विराटनगरमा खोलिएको कम्पनी रजिस्टारको शाखा कार्यालयमा कर्मचारी नभएपछि बन्द गरिएको छ ।

विराटनगरको पिचरामा एउटा कोठा भाडामा लिएर खोलिएको सो कार्यालय काम नै नगरी बन्द गरिएको छ ।

उद्योग मन्त्री महेश बस्नेतले उक्त कार्यालय गत १३ कात्तिकमा शुभारम्भ गरेका थिए । तर कार्यालय सञ्चालन शुरु भएसँगै काजमा आएका कार्यालयका प्रमुख खगेन्द्र जोशी केही महिनामा काज फिर्ता भए ।

अर्का कार्यालय प्रमुख राधेश्याम गिरी आए । उनी पनि केही समयपछि सरुवा भएर अन्यत्रै गए । त्यसयता कार्यालयमा कुनै पनि कर्मचारी नआएपछि बन्द गरियो ।

पूर्वाञ्चलमा कम्पनी दर्तालगायत अन्य काम गर्न सहज हुने उद्देश्यले स्थापना गरिएको कार्यालय कर्मचारी नभएपछि बन्द गरिएको घरेलु तथा साना उद्योगका कर्मचारी श्याम दाहालले बताए ।

बिना बजेटको कार्यालयमा कर्मचारी नबसेको जानकारी आएको दाहालको भनाइ छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>