थप समाचारशुक्रबार, आषाढ १८, २०७२

चितवन: एक सय सतहत्तर घर सारिँदै

हिमालखबर

भूकम्पबाट प्रभावित चितवनको पहाडी गाविसका एक सय ७७ घर स्थानान्तरण गरिने भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १९ असारबाट काम शुरु गरी १५ दिनभित्र कार्य सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

स्थानीय विकास अधिकारी भरतमणि पाण्डेका अनुसार, दाह्रेचोक गाउँ विकास समितिको धुसा, ओरेक र तीनघरेका ४६ घरधुरीलाई सर्वशान्ति क्याम्पस पछाडि सारिँदै छ ।
चण्डीभञ्ज्याङ गाविसको ठाम गाउँका चार घरलाई राप्रावि मैदान पछाडि, लोथर गाविसका २४ घरलाई गुन्डी र चापाङको खाली चौरमा र शक्तिखोरको नागबन्दी र राजमानका ३४ घरलाई वडा नं ९ को फुटबल चौर अगाडि स्थानान्तरण गरिने भएको छ ।

बैठकले काउलेको घोप्टेघारी र हेप्टेका १८ घरलाई सिराइचुलीमुनिको चौरमा, दाहाखानी गाविसको कोइलघारीका २७ घरलाई सोही गाविसको सिमलढाप र सिस्नेघारीमा स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

यसअघि नै काउलेको गुछीबाङका २४ घरलाई शक्तिखोरको शिवमन्दिरमा स्थानान्तरण गरिसकिएको छ ।
आउँदो ६ महिनाका लागि ती घरपरिवारलाई बस्ने खाने व्यवस्था जिल्ला विपद् व्यवस्थापन समितिले गर्ने समितिका सदस्य सचिवसमेत रहनुभएका स्थानीय विकास अधिकारी पाण्डेले बताए ।

भूकम्पपछि पहाडी क्षेत्रमा धाँजा फाटेर पहिरोको जोखिम बढेपछि ती बस्ती सार्न लागिएको हो । उनीहरुलाई अस्थायी टहरा निर्माण गरी बसोबासको व्यवस्था मिलाइने भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>