थप समाचारशनिबार, आषाढ १९, २०७२
भूकम्पपीडितको सहयोगार्थ अष्ट्रेलियामा पुराण

पुराण उद्घाटन समारोहमा मन्तब्य राख्दै अष्ट्रेलियन मन्त्री जोई बिटिसन्
भूकम्पमा अभिभावक गुमाएका बालबालिकाको सहयोगका लागि अष्ट्रेलियाको साल्सबरी पुनर्बास भएका भुटानी शरणार्थीले महापुराण लगाएका छन् ।
१८ असार बिहान स्थानीय समयानुसार ९ बजे ‘भुटनिज अष्टेलियन एसोसिएसन अफ साउथ अष्टेलिया’का अध्यक्ष लालबहादुर राईले रिवन काटेपछि गुरुपुरोहितहरुले स्वस्ती वाचन गरी पुराण शुरु गरेको पुराण संयोजक हरि पोखरेलले जानकारी दिए ।
श्रीमद्भागवत पुराण उद्घाटन समारोहमा दक्षिण अष्ट्रेलियाको साल्सबरीकी बहुसास्ँकृतिक तथा स्वयंसेवा मन्त्री जोई बेटिसनको पनि उपस्थिति थियो ।
भुटानी सामाजिक संस्था पुण्य फाउण्डेसनले आयोजना गरेको त्रिदिवशिय पुराणमा पुनर्वास भएर अष्ट्रेलिया पुगेका भुटानी पण्डितहरु दिनेश अधिकारी, शान्तिराम ढकाल र गंगाराम भट्टराई वाचक छन् ।
दक्षिणी अष्टेलियामा दुईहजार पाँचसय भुटानी पुनर्वास भएका छन् ।
अष्ट्रेलिया पुनर्बास भएका भुटानीले केहि साता अघि नेपालका भुकम्प पिडितलाई ८ हजार ३३२ अष्ट्रेलियन डलर सहयोग गरेका थिए ।
-गोपाल गडतौला
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
