समाचारआइतबार, आषाढ २०, २०७२
चार दलद्वारा संविधानसभा वैठक बहिष्कार
संघीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र तराई मधेश सद्भावना पार्टीले आज, २० असारमा बसेको संविधानसभा बैठक बहिष्कार गरेका छन्।
बैठकको शुरुमै तमलोपाका सभासद् सर्वेन्द्रनाथ शुक्लले नामाङ्कन र सिमाङ्कन बिनाको संघीयता स्वीकार्य नहुने भन्दै छलफलमा भाग नलिने बताए।
‘स्वायत्त प्रदेश निर्माण गर्नुको साटो, टाउको बिनाको मान्छे जस्तै संविधान निर्माण गर्न खोजिएको छ, यस्तो संविधानसभामा हामी सहभागी हुदैनौँ’, शुक्लले भने।
त्यसलगत्तै चार पार्टीका सभासद् बैठक कक्षबाट बाहिरिएका थिए।
चार पार्टीका सभासदले बैठक बहिस्कार गरेपनि अरु सभासदहरु छलफलमा भाग लिइरहेका छन्। संविधानसभामा अहिले संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल चलिरहेको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
