समाचारआइतबार, आषाढ २०, २०७२
दुई इन्जिनियर घुस लिंदै गर्दा पक्राउ
सेवाग्राहीबाट घुस लिएको आरोपमा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालयका दुई इञ्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
उपभोक्ता समितिको काम मिलाइ दिने भन्दै रु ५६ हजार घुस लिंदै गर्दा इन्जिनियरद्वय ईश्वरी प्रसाद ढकाल र योगेन्द्र मिश्र कार्यकक्षबाटै पक्राउ परेका हुन् ।
सेमरहवा तिलकपुर सिंचाई उपभोक्ता समितिको रु चार लाखको योजना फछ्र्यौट गर्नका घुस लिएको आरोपमा उनीहरुलाई अख्तियारको सम्पर्क कार्यालय वुटवलको टोलीले पक्राउ गरेको हो ।
विद्रोही गिरी, नवलपरासी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>