खेलकुदआइतबार, आषाढ २०, २०७२
कसरी चम्काउने फोनको स्क्रिन
स्मार्ट फोनको स्क्रिन सफा राख्न केही कुरामा ध्यान पुर्याउने हो भने तपाइँको स्क्रिन सँधै सफा र चम्किलो हुन्छ ।
मुख र नाकको नजिक हुने भएकाले फोनमा संक्रमण फैलाउने जिवाणुहरु रहनसक्छन् । त्यसैले पनि फोनको नियमित सफाइ गर्नु आवश्यक छ ।
अमेरिका र युरोपेली देशका केही व्यक्तिहरु आफ्नो फोन सफा राख्न युवी ल्याम्पको सहयाता लिन्छन् तर, स्मार्ट फोन बराबरकै दाम पर्ने युवी ल्याम्प महंगो विकल्प हो ।
बरु अरु सस्तो र सजिलो उपायहरु छन् ।
फोनको स्क्रिनलाई माइक्रो फाइबर भएका कपडाले साफ गर्दा धुलो र चिल्लो सजिलै हटाउन सकिन्छ । माइक्रो फाइबरयुक्त कपडा भनेको चश्मा सफा गर्न प्रयोग हुने कपडा हो जुन चश्मा पसलमा पनि सजिलै किन्न सकिन्छ ।
यो कपडाले धुलो र तेल सफा गर्नुका साथै सिसामा स्क्र्याच हुँदैन ।
स्क्रिनमा रहेका दागहरु कपडाले पुछ्दा पनि गएन भने सेलोटेपको प्रयोगबाट त्यस्ता दाग हटाउन सकिन्छ । टेपलाई दाग भएको स्थान छोपिने गरी स्क्रिनमा टाँस्नुहोस् र तुरुन्तै उप्काउनुहोस् । यसो गर्दा स्क्रिनमा रहेको दाग हट्छ । त्यसपछि माइक्रो फाइबरयुक्त कपडाले पुछ्नुहोस् ।
स्क्रिन सफा गर्न एलईडी स्क्रिन सोलुसनको पनि प्रयोग गर्न सकिन्छ । यो सोलुसन टेलिभिजन स्क्रिन सफा गर्न पनि प्रयोग हुन्छ । तर स्प्रे निकै कम मात्रामा गर्नुपर्छ । अझ माइक्रोफाइबर युक्त कपडामा स्प्रे गरेर त्यसले पुछ्नु उपयुक्त हुन्छ ।
अल्कोहल–बेस्ड क्लिनर स्क्रिनमा कहिल्यै प्रयोग नगर्नुहोस् । यसले स्क्रिन र कहिलेकाहीं फोन नै विगार्न सक्छ ।
बजारमा पाइने भिजेका पेपर वाइप्स पनि फोनमा कहिल्यै लगाउनु हुँदैन । यसले टचस्क्रिनको गुणस्तर विग्रन्छ ।
बीबीसीबाट