समाचारसोमबार, आषाढ २१, २०७२

राप्रपा नेपालले पूर्व जनप्रतिनिधिको सम्मेलन गर्ने

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले स्थानीय सर्वदलीय संयन्त्रका प्रतिनिधिको काठमाडौँ उपत्यकास्तरीय सम्मेलन यही असारको अन्तिम सातामा काठमाडौँमा गर्ने भएको छ ।
पार्टीको स्थानीय निकाय परिचालन विभागले संयोजन गर्ने उक्त सम्मेलनमा स्थानीय निकायका पूर्व पदाधिकारी र सदस्यको नामावली तयार गर्न सुरु भएको छ ।

सम्मेलनमा स्थानीय निकायको अभावमा त्यस क्षेत्रमा खट्किएका विविध समस्याका बारेमा छलफल गरी स्थानीय निर्वाचनका लागि दबाब र पार्टीको स्थानीय तहमा आन्तरिक सुधारका विषयमा छलफल हुनेछ । विभागका प्रमुख राजाराम श्रेष्ठले मुलुकमा करिब १५ वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेकाले त्यस तहमा खटिएका सरकारी प्रतिनिधि जनताका समस्या समाधान गर्न तथा स्थानीयप्रति जिम्मेवार बन्न नसकेकाले छिट्टै निर्वाचनको वातावरण बनाउन सम्मेलन आयोजना गरिएको बताए ।

काठमाडौँमा हुने सम्मेलनपश्चात् सबै जिल्लामा स्थानीय निकायको सर्वदलीय परिचालन समिति गठन गरिनेछ । सबै जिल्लाले स्थानीय निकायको सर्वदलीय संयन्त्रमा प्रतिनिधि पठाउन बाँकी गाउँ, नगर, जिल्लाले साउनको दोस्रो सातादेखि प्रतिनिधि पठाउने छ ।

नगर समितिका अध्यक्षको राष्ट्रिय सम्मेलन आउँदो भदौमा तथा स्थानीय निकाय परिचालन समितिका संयोजकको राष्ट्रिय बैठक मङ्सिरमा गरिने छ । त्यस्तै पार्टीले स्थानीय सङ्गठन सुधारका लागि स्थानीय समस्याका सम्बन्धमा स्थानीय सामाजिक, धार्मिक, व्यापारिक, पेसागत सङ्घसंस्थाका प्रतिनिधिसहितको भेला र सभा गरिने छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>