समाचारसोमबार, आषाढ २१, २०७२

कागज च्यात्दैमा संविधान च्यातिदैनः ओली

हिमालखबर

kp-sharma-oli_20141228070830नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखिएको कागज लहडमा कसैले च्यात्दैमा संविधान नच्यातिने बताएका छन् ।

२१ असार बिहान दमक–१०, स्थित पत्रकारहरुसँग कुरागर्दै ओलीले भने, “संबिधान बन्न नदिने योजना बुनिरहेकाहरु संबिधान बनायौ भने च्यात्छौं भनिरहेका छन् ।”

ओलीले अघिल्लो संबिधानसभामा संबिधान बनाउनु पर्छ भनेर जोड गर्नेहरु बाहिर रहेका कारण संबिधान बनाउन दोस्रोपटक चुनाव भएको बताए । उनले दुनियाँका सबै लोकतन्त्रिक मुलुकमा संबिधानमा सुधार र परिमार्जनको क्रम चलिरहने बताँउदै नेपालमा बन्न लागेको संबिधान पनि बिधि र प्रकृयाले संसोधन गरिरहने बुझिदिन आग्रह गरे ।

ओलीले केही साताभित्रै संबिधान बनेर मुलुकले बिकासको यात्रा शुरु गर्ने बताए । झापा–७ बाट निर्वाचित सभासद् ओलीले आफ्नो निर्वाचन क्षेत्रको मात्र बिकासको कुरा गर्न आफु असमर्थ रहेको बुझिदिन आग्रह पनि गरे ।

गोपाल गगडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>