खेलकुदसोमबार, आषाढ २१, २०७२

पानीका कारण नेपाल र ओमानबीचको अभ्यास खेल अवरुद्ध

हिमालखबर

आयरल्याण्डस्थित स्टोरमण्ट सिभिल सर्भेन्ट क्रिकेट क्लबमा भइरहेको नेपाल र ओमानबीचको अभ्यास खेल पानीका कारण रोकिएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले खेल रोकिनुअघिसम्म १६.३ ओभर बलिङ गरिसकेको छ । ओमानले भने ४ विकेट गुमाउँदै ११५ रन बनाएको छ ।

नेपालले यसअघि ओमनसँग तीन पटक भिडेको छ । जसमा नेपालले एक खेलमा जित तथा दुई खेलमा हार बेहोरेको थियो । नेपालले तीन खेल एसिसी ट्वान्टीट्वान्टी कपमा भिडेको थियो ।

नेपालले सन् २०११ मा ओमानलाई दुई रनले पारजित गरेको थियो । त्यस्तै, सन् २००७ मा नेपाल ओमानसँग एक रनले पराजित भएको थियो भने सन् २००९ मा युएइमा भएको अर्को संस्करणको खेलमा नेपाल ओमनसँग १२ रनले पराजित भएको थियो ।

आगामी २४ असारदेखि सञ्चालन हुने विश्वकप ट्वान्टीट्वान्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले २५ गते शुक्रबार अमेरिकासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।

नेपालले समूह चरणको खेलमा संयुक्त राज्य अमेरिका, हङकङ, पपुवा न्युगिनी, आयरल्याण्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै प्रतियोगिताको समूह बी मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स ९युएई०, स्कटल्याण्ड र नेदरल्याण्ड्स छन् ।

प्रतियोगितामा शीर्ष ६ टोलीले आगामी सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>