समाचारसोमबार, आषाढ २१, २०७२
नेपालको मतदाता संख्या १ करोड ३० लाख पुग्यो
निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले स्थानीय निर्वाचनका लागि मतदाता रुजु गर्ने काम सकिएको बताएका छन् ।
झापामा आयोजित एक कार्यक्रममा यादवले नेपालको मतदाता संख्या एक करोड ३० लाख पुगेको बताए । उनले भने, “स्थानीय निकायको निर्वाचन गराउन हामी सक्षम छौं ।”
आयुक्त यादवले आयोग निर्वाचन गराउन सक्षम भएपनि एकै पटक निर्वाचन गराउन नसकिने बताए । उनका अनुसार हिमाल, पहाड र तराईमा एकसाथ निर्वाचन गराउन नसकिने भएकाले बर्षायाम कटेपछि मात्रै निर्वाचन हुनसक्ने बताए ।
आयुक्त यादवले स्थानीय निकायको निर्वाचनसम्बन्धी कानुन ल्याउनेवित्तिकै आयोग त्यसको तयारीमा लाग्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>