समाचारसोमबार, आषाढ २१, २०७२
अधिवेशन सार्न कांग्रेस जिल्ला सभापतिहरुको माग
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनको मिति सार्न नेतृत्वलाई सुझव दिएका छन् ।
१७–१८ असारमा सम्पन्न सभापतिहरुको भेलाले सुझव दिन गठीत कार्य दलले अधिवेशन एक महीना पर सार्न माग गर्दै प्रतिवेदन तयार पारेको छ । मध्य बर्षायाममा गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन तोकिएको भन्दै एक महीनापछि सार्न माग गरिएको छ ।
कार्यदललमा रामनाथ अधिकारी, आङ्गेलु शेर्पा, सञ्जय गौतम, तारामान गुरुङ, कमल पंगेनी, गोविन्द ढुङ्गाना, अब्दुल रज्जाक, नरेन्द्र केरुङ, सीता यादव र वीरबहादुर बलायर रहेका थिए ।
उनीहरुले केन्द्रीय महाधिवेशनको मितिमा फेरबदल नहुने गरी यसअघि साउन महिनामा गर्ने भनिएका पार्टीका जिल्ला, क्षेत्र, गाउँ र नगरका अधिवेशन भदौमा गर्नुपर्ने सुझवमा समावेश गरिएको छ ।
भूकम्पले प्रभावित जिल्लाका सर्वसाधारणलाई क्षतिको अनुपातका आधारमा प्रतिपरिवार रु पाँच लाख, तीन लाख र एक लाख सहयोग तत्काल उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
