समाचारमंगलबार, आषाढ २२, २०७२

तीन भारतीय ठग पक्राउ

हिमालखबर

भारत सरकारबाट नगद सहयोग पाइन्छ भन्दै ठगी गर्ने भारतीय अभियुक्तहरु । तस्वीर: सञ्जय साह

भारत सरकारबाट नगद सहयोग पाइन्छ भन्दै ठगी गर्ने भारतीय अभियुक्तहरु । तस्वीर: सञ्जय साह

भूकम्प पीडितलाई भारतले नगद अनुदान दिने भन्दै सर्वसाधारणलाई नक्कली फाराम भर्न लगाउने तीन भारतीय नागरिकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ ।

रौतहटको फतुवा हर्षाहा–६ दुधियवा टोलका वासिन्दालाई ‘भूकम्पका पीडितहरुका लागि भारत सरकारले अवस्था हेरी एक लाखदेखि दुई लाख भारु अनुदान दिंदै छ’ भन्दै नक्कली फाराम भराइरहेका तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले आवेदन शुल्क वापत प्रतिव्यक्ति एकसय र कागजात अघि बढाउन भन्दै थप दुईसय गरी ३०० रुपैयाँसम्म असुल गरिरहेका थिए ।

भारत बिहारको पूर्वीचम्पारणका २५ वर्षीय सुजितकुमार कुशवाह, सन्दीपकुमार कुशवाहा र रंजितकुमार कुशवाहाले ‘स्वास्थ्य विभागद्वारा अनुदान फाराम’ लेखिएका नक्कली फाराम भराउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट पाँच सय थान फाराम, ल्यापटप, भारतीय स्वास्थ्य मन्त्रालयको छाप, भारतीय नम्बर प्लेटको मोटरसाइकल, विभिन्न बैंकको एटिएम कार्डलगायतका सामाग्री वरामद गरेको छ ।

तीनैजनाविरुद्ध ठगी मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलाल जैस्बारले जानकारी दिए ।
सञ्जय साह, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>