समाचारमंगलबार, आषाढ २२, २०७२
सक्दो चाँडो संविधान जारी गर्ने प्रयास भइरहेको छ: नेम्वाङ
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानको पहिलो मस्यौदामा जनताको राय/सुझावसहितको प्रतिवेदन लिन २४ असारदेखि १५ दिनको समयावधि दिइने बताएका छन् ।
सभाध्यक्ष नेम्वाङले मस्यौदाको सैद्धान्तिक पक्षमाथिको छलफल आजै सकिने र १५ दिनभित्र जनताको सुझावसहितको प्रतिवेदन ल्याउने कार्ययोजना निर्माणमा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति जुटिसकेको जानकारी दिए ।
सात ट्रेड युनियनको ज्ञापनपत्र बुझ्दै उनले समितिले २४ असारमा सभाको बैठकमा कार्ययोजना प्रस्तुत गर्ने र त्यसपछि समितिलाई १५ दिनको समय दिइने बताए । प्रतिवेदन सभामा प्राप्त भएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, संविधान मस्यौदा समिति हुँदै सभामा आउने र अन्तिम मस्यौदा आएपछि पारितको प्रक्रियाबाट संविधान बन्ने पनि जानकरी गराए ।
नेम्वाङले भने, “जनताको सुझाव प्राप्त भएपछि सकेसम्म चाँडै संविधान बनाउन हामी चाहन्छौँ, त्यसमा निजामती कर्मचारीको पनि सहयोगी भूमिका होस् ।”
उनले असन्तुष्ट रहेका र आजको बैठक बहिष्कार गर्ने दलले पनि मस्यौदा निर्माणको प्रक्रियामा भाग लिएको र फरक मत दर्ता गरेकाले संविधान निर्माणको दिशामा सिङ्गो मुलुक अघि बढेको दाबी गरे ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
