Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खोज्दै खुशी - Himalkhabar.com

थप समाचारमंगलबार, आषाढ २२, २०७२

खोज्दै खुशी

हिमालखबर

रविन लामा (४) मा पनि अष्ट्रेलियन निक भुजिकिक जस्तै प्रतिभाशाली बन्न सक्ने क्षमता छ। तर, हाम्रो सहयोगविना त्यो असम्भव छ।

rabin

रविन लामा मुखले लेख्दै दायाँ र गफिंदै । तस्वीर: अनुशील


– अनुशील श्रेष्ठ

सन्तान जन्मँदा को खुशी नहोला! तर, ३१ असोज २०६७ ले राजु र संगीता तामाङको जीवनमा दुःखको सागर लिएर आयो। जन्मन त पितृसत्ताले खुशीखुशी स्वागत गर्ने छोरै जन्मेका थिए, तर हात–खुट्टा नभएका। जसलाई चिकित्सा विज्ञानले टेट्राएमेलिया सिन्ड्रोम भनेको छ।

आफ्नो तेस्रो सन्तान रविनको स्वरुप देख्दा तामाङ दम्पती भाग्यलाई धिक्कार्थे। छोराको भविष्य कल्पना गर्दा उनीहरू कहालिन्थे। छोरो तीन वर्ष पुग्दासम्मको हरेक दिन उनीहरूका लागि पीडाको एक युग थियो।

nick_rabin

रविन लामा आफूले लेखेको देखाउँदै बायाँ र निक भुजिक सयौं दर्शकहरु माझ प्रवचन दिंदै ।

एक वर्षअघिको एक दिन अपाङ्गता क्षेत्रमा कार्यरत साहित्यकार मनिषा गौचनसँग रविनका बुबा राजुको भेट भयो। भेटमा राजुले हात–खुट्टाविनै उफ्री–उफ्री रमाउँदै हिंडिरहेको रविनको मोबाइल भिडियो देखाए।

शुरूमा त मनिषालाई पनि अचम्म लाग्यो। अर्को दिन रविनको घरमै पुगी मनिषाले यस्तै शारीरिक समस्याग्रस्त अस्ट्रेलियन निक भुजिकिक (३३) को संघर्ष र सफलताको भिडियो देखाइन्।

भिडियोमा निक स्वीमिङ्ग, गल्फ, कम्प्युटर, वाद्ययन्त्र, फिसिङ्ग, पेन्टिङ्ग, अभिनय, फोटोग्राफी, पुस्तकलेखन सबै सबै गरिरहेका देखिन्थे। यति मात्र होइन, उनी संसारभरका सबलाङ्गलाई समेत जीवनप्रति आशा जगाउने प्रेरणास्रोत बनेका थिए।

तामाङ दम्पतीले निक र रविन उस्तै देखे। त्यही दिनदेखि उनीहरूको वर्षौंको निराशा आशामा बदलियो। अवसर पाएमा आफ्नो छोरो पनि निक जस्तै बन्नेमा विश्वास पलायो। राजु भन्छन्, “कुन जुनीको पापले यस्तो सन्तान भयो भन्ने लागेको थियो तर निकको जीवनले ठूलो राहत महसूस भएको छ।” लक्षण त्यस्तै देखिन्छ।

निक भुजिकिक परिवारका साथ ।

निक भुजिकिक परिवारका साथ ।

रविन अहिले ए,बी,सी,डी, १,२,३ पढ्छन्; लेख्छन्। हिंड्ने, उफ्रने र भर्‍याङ समेत चढ्छन्। टीभीमा कार्टुन हेर्छन्, रमाउँछन्। हिन्दी कार्टुन ‘मोटु और पत्लु’ हेर्दा मज्जा आउने बताउँछन्।

मनिषाकै सक्रियतामा जन्मँदै मलद्वार टालिएको समस्या झेलिरहेका रविनको शल्यक्रिया गरिएको छ, घरमै पढाउन शिक्षकको व्यवस्था गरिएको छ। मनिषा भन्छिन्, “अचानक जोडिन आइपुगेको रविन मेरै सन्तान जस्तो लाग्न थालेको छ।” (हे. छुट्टै अनुभूति)

रविन लामा परिवारका साथ ।

रविन लामा परिवारका साथ । तस्वीर: अनुशील

 

सैनिक जवान राजु सेनाको कल्याणकारी निर्देशनालयमा काम गर्छन्। आमा संगीता भने काठमाडौंको बालुवाटारस्थित एउटा घरमा घरेलु कामदार हुन्। त्यही घरले उनीहरूलाई आश्रय दिएको छ। आमाबुबा काममा र दाजु रविराज (१५), दिदी रञ्जना (११) विद्यालय गएका वेला पनि रविन घरमा एक्लै खेलिरहेका हुन्छन्। “टीभी हेरेर धेरै कुरा सिकिरहेको छ, सहयोग पाए धेरै कुरा गर्नेथियो”, संगीता भन्छिन्।

Rabin lama cont

Nick-Vujicic--1024x768

एउटा प्रेरणा

कानून बन्ने तर कार्यान्वयन नहुने थिति बसेको नेपालमा रविन जस्ताको भविष्य कस्तो होला? कल्पना गर्दा समेत मन अत्तालिन्छ।

-मनिषा गौचन

म उनको आँखाले लोभिन्छु। सुन्दर, हँसिलो र सोचमग्न आँखा। जब उनी मलाई हेर्छन्, वेलावेला भुईंतिर झ्ाुक्छन्। आफैंसँग सोध्छन् शायद; “यी आन्टी मलाई हेर्न घरी–घरी किन आइरहन्छिन्?”

म अपांगताको क्षेत्रमा काम गर्ने कुरा थाहा पाएपछि अढाइ वर्षजति अघि व्यवसायी राजबहादुर गिरीले मलाई रविनको बुबासँग भेट्टाइदिएका थिए। “दिदी यसले दाजुसँग कापीकलम मागेर लेख्न खोज्छ। खानेकुरा आफैं खाने भन्छ। भर्‍याङ आफैं चढ्छ, हेर्नुहुन्छ?”

रविनका साथमा लेखिका।

रविनका साथमा लेखिका।

भेटमा राजुले मोबाइलमा खिचेको भिडियो देखाउँदै भने। न हात, न खुट्टा। अहो! कसरी पार गर्न सकेको भर्‍याङका खुट्किला? भर्‍याङ चढ्न सक्छु भन्ने दृढविश्वास। अनि पूरै भर्‍याङ उक्लेपछिको विजयी भावमा माछा झ्ौं उफ्रन थालेका उनी। मेरा आँखा रसाए। बालकको जीवन संघर्ष देखेर म चकित भएँ। उनी जीवनका प्रेरणा लागे। त्यसपछि हो, म उनलाई हेर्न गएको।

सम्झें, अस्ट्रेलियन निक भुजिकिकलाई। उनका पनि दुवै हातखुट्टा छैनन्। तर, निक जीवनबारे आश जगाउने प्रवचन दिंदै संसार चहार्छन्। दुई विषयमा स्नातकोत्तर उनी लेखक पनि हुन्। उनी स्वीमिङ्ग जान्छन्। गल्फ खेल्छन्। कम्प्युटर चलाउँछन्। वाद्ययन्त्र बजाउँछन्। अभिनय गर्छन्। फिसिङ्ग अनि पेन्टिङ्ग पनि गर्छन्। एक छोराका बाबु पनि हुन्।

आज हाम्रा आँखाअघि निक जस्तै अपांगता भएका रविन छन्। चार वर्षीय उनी पनि चिउँडोले कलम च्यापेर ए, बी, सी, डी लेख्छन्। पढ्न खोज्छन्। दाजुको झोला लिएर स्कूल जाने तयारी गर्छन्। भर्‍याङ चढ्छन्। सबै काम सबलाङ्ग झैं गर्न तम्सन्छन्। यसो गरिरहँदा रविनको अनुहार गर्वले चम्कन्छ। लाग्छ, उनले जीवनमा धेरैथोक गर्न बाँकी छ। के रविनलाई निक जस्तै सक्षम बनाउन सकिएला? मलाई बारम्बार यो प्रश्नले घोचिरहन्छ।

“भूकम्प जाँदा कहाँ थियौ?” १३ असारमा भेट्न गएकी मैले सोधें। “खाट मुनि” उनले भने। त्यसो त शुरू शुरूमा भेट्न जाँदा उनी खाट मुनि नै लुक्थे।

हाम्रो देशमा अपाङ्गता भएकाहरू शिक्षा, रोजगार, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाटै बञ्चित छन्। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (सीआरपीडी) अनुमोदन गरेको नेपालमा यस सम्बन्धी थुप्रै नीति र कानून त बनेका छन् तर कार्यान्वयनको अवस्था निराशाजनक छ। यस्तो स्थितिमा रविनको भविष्य कस्तो होला? कल्पना गर्दा समेत मन अत्तालिन्छ।

रविनलाई स्कूलमा भर्ना गर्न सकिन्छ कि भनेर हामीले केही ठाउँमा बुझ्यौं। तर, अझसम्म त्यस्तो स्कूल भेटिएको छैन। बाध्यताले उनलाई घरमै पढाउन शुरू गरिएको छ। रविन र रविन जस्ताहरूको जीवन सार्थक बनाउन हामी सक्षम भनिएकाहरू कति उत्तरदायी बन्न सक्छौं? सोध्न मन लागेको छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>