समाचारमंगलबार, आषाढ २२, २०७२
धर्मलाई लिएर सडकमा कराउनुको अर्थ छैनः पौडेल
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले धार्मिक कुरा लिएर सडकमा नाराबाजी गर्नुको अर्थ नरहेको बताएका छन् ।
प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले भने, “लोकतन्त्रको बोल्न र कुरा राख्न पाइन्छ । तर, धार्मिक विषयमा उठिरहेको मागको अर्थ छैन ।”
कांग्रेसको विधानमा नै धर्मबारे प्रष्ट उल्लेख भएको भन्दै पौडेलले धार्मिक विषयलाई धेरै नउचाल्न आग्रह गरे । उनले साउन दोस्रो हप्ताभित्र नयाँ संविधान जारी हुने बताए । पौडेलले भने, “नयाँ संविधान सम्झौताको दस्तावेज भएकाले सवैको कुरा अटाएका छन् ।”
देविका घर्ती मगर, दाङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
