समाचारमंगलबार, आषाढ २२, २०७२

प्रधानन्यायाधीश साह सेवानिवृत्त

हिमालखबर

प्रधानन्यायाधीश रामकुमार प्रसाद साह आजदेखि सेवानिवृत भएका छन् ।

उनले २४ असोज २०७१ बट प्रधानन्यायाधीशको कार्यभार सम्हालेका थिए । उनको कार्यकालमा सूचना प्रविधिको अधिक प्रयोग गर्ने योजनाअनुरुप अनलाइन पेसी तालिका, १० बजे मुद्दा पेसीको कार्यसूची प्रकाशन, एसएमएस र इमेलमार्फत मुद्दाको जानकारी, ‘ल फर्म’बाटै रिट दर्ता गर्न सक्ने व्यवस्था, अदालतका विचौलियाका कम गर्ने प्रयासलगायत काम भएको थियो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश कल्याण श्रेष्ठले २३ असारबाट प्रधानन्यायाधीशको रुपमा कार्यभार सम्हाल्दै छन् ।

प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको कार्यकाल २२ असार अन्तिम भएकाले राष्ट्रपति रामबरण यादवबाट श्रेष्ठलाई प्रधानन्यायाधीशको रुपमा भोलि नियुक्ति हुने बताइएको छ ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका रुपमा सिफारिस गरेपछि श्रेष्ठलाई गत १४ असारको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>