Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अपहरणपछि फरौती कागज बनाउने पक्राउ - Himalkhabar.com

थप समाचारमंगलबार, आषाढ २२, २०७२

अपहरणपछि फरौती कागज बनाउने पक्राउ

हिमालखबर

बिर्तामोड–६, झापाका एक व्यापारीलाई अपहरण गरी फरौती कागज बनाउने दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

व्यापारी रबि अग्रवाललाई अपहरण गरी ६० लाख फरौती कागज बनाउने इलाम नगरपालिका–६, की कमला मास्के (२६) र इलाम नपा–८, का राजदिप सुबेदी (३४) लाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनीहरुले व्यापारी अग्रबाललाई १५ असार अपह्रान्ह ४ बजे अपहरण गरी ५० हजार लुटेपछि थप ६० लाखका लागि कागज तयार पारेका थिए । नगद लुटेपछि व्यापारी अग्रवाललाई नाङ्गो बनाउर फोटो लिएका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले ब्यापारी अग्रवालले दिएको हुलिया जाहेरीको आधारमा २१ असारमा मास्के र सुबेदीलाई गिरफ्तार गरी अदालतमा हाजिर गराएका छन् । उनीहरुलाई बन्धक बनाएर फिरौती लिएको अभियोग लगाइएको बिर्तामोडका प्रहरी नायब उपरिक्षक सञ्जयबहादुर राउतले बताए ।

व्यापारी अग्रवाललाई अपहरणको क्रममा ती महिलाले आफू जुत्ताको कारोबार गर्ने बताई ब्यापारिक बिषयमा सरसल्लाह गर्न भनेर होटलसम्म लगेकी थिइन् । त्यसपछि जवर्जस्ती कोठामा थुनेको प्रहरीलाई अग्रवालले जानकारी गराएका छन् ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>