समाचारमंगलबार, आषाढ २२, २०७२
मस्यौदामाथि छलफल सकियो, अव जनतामा लगिने
नयाँ संविधानको मस्यौदामाथि संविधानसभामा छलफल सकिएको छ ।
१७ असारदेखि सुरु भएको छलफलमा झ्ण्डै पाँच सय सभासदले मत राखेका छन् । ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदामा ‘सैद्धान्तिक सहमति दिई जनताको प्रतिक्रियाको निमित्त नेपाल राजपत्रमा प्रकाशित गरियोस्’ भन्ने प्रस्तावमाथि पाँचदिने छलफल भयो ।
सम्भवतः एकै प्रस्तावमा यति लामो छलफल भएको यो पहिलो पटक हो । सभासद्ले प्रमुख दलबीच सहमतिका आधारमा मस्यौदा प्रस्तुत हुनु सकारात्मक भएको जनाएका छन् ।
यस्तै राष्ट्रिय जनावर गाईका ठाउँमा एकसिङ्गे गैंडा हुनुपर्ने, जनजाति, किसानजस्ता अलग अलग आयोगको व्यवस्था हुनुपर्ने, निर्वाचन प्रणालीमा मतसीमा राखिनुपर्ने सुझव सभासदहरुले दिएका छन् । यो मस्यौदा अव २४ असारदेखि १५ दिनको समय दिएर जनतामा लगिने कार्यतालिका संविधानसभाले तय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>