समाचारबुधबार, आषाढ २३, २०७२
प्रधानन्यायाधीश श्रेष्ठद्वारा शपथ ग्रहण
नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले सपथ ग्रहण गरेका छन् ।
उनले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति रामवरण यादवबाट प्रधानन्यायाधीश श्रेष्ठले सपथ लिए ।
सपथ समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।
२३ असारमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि प्रधानन्यायाधीशमा श्रेष्ठको पदबहाली भएका हुन् ।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनलाई गत १४ असारमा संसदीय सुनुवाइले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । प्रधानन्यायाधीशमा श्रेष्ठको कार्यकाल १० महिना रहनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
