Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एसएलसी रिजल्ट नआउँदा चिन्तित् किशोरीहरु - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ २३, २०७२

एसएलसी रिजल्ट नआउँदा चिन्तित् किशोरीहरु

हिमालखबर

एसएलसी प्रवेश पत्र देखाउँदै कुलसुम नेसा र प्रियङ्का ठाकुर । तस्वीर: सुरेश बिडारी

एसएलसी प्रवेश पत्र देखाउँदै कुलसुम नेसा र प्रियङ्का ठाकुर । तस्वीर: सुरेश बिडारी

सँगै एसएलसी दिएका साथीहरु कलेज रोज्न व्यस्त छन् । तर वीरगञ्जकी कुलसुम नेसा र प्रियङ्का ठाकुरलाई भने अहिलेसम्म आफू फेल भइयो की पास थाहा छैन ।

एसएलसी परीक्षामा एक्जामटेड तर्फबाट परीक्षा दिएका जिल्लाका एक हजार ५८६ मध्ये चार जनाको रिजल्ट आएको छैन ।
“सबै साथीहरु ११ पढ्न कलेज छान्दै छन्, हाम्रो भने रिजल्ट नै आएन,” कुलसुमले भनिन् ।

२०७१ साल चैतमा भएको एसएलसीमा उनीहरुले नेपाल रेल्वे माध्यमिक विद्यालय वीरगञ्ज केन्द्रबाट परीक्षा दिएका थिए ।

वीरगञ्ज ८ लाठगल्लीमा रहेको राधादेवि मेमोरियलमा अध्ययन गरेका उनीहरुले प्रिन्सिपल ओम प्रकाश साहको दबाबमा ओम एजुकेशन सेकेन्डरी स्कुल भिश्वाबाट प्रवेश परीक्षाका लागि रजिष्ट्रेशन फारम भरेका थिए ।

“राधादेवी मेमोरियललाई १० कक्षा सञ्चालन गर्ने अनुमति नै रहेनछ, त्यसैले परीक्षाका लागि अर्को स्कुलबाट फाराम भराएका रहेछन्,” कुलसुमका अभिभावकले भने, “पहिले थाहा भएन, अनुमति नपाएको विद्यालयमा पढाउँदा यस्तो समस्या आयो ।”

अंग्रेजीको परीक्षाका दिन ‘सिट प्लानिङ’ मा छात्राहरुको सिम्बोल नम्बर नटाँसिएकोले उनीहरुलाई आधा घण्टा ढिलो मात्रै परीक्षामा सहभागी गराइएको थियो ।

समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्याल, परीक्षा केन्द्र लगायतका ठाउँमा निवेदन दिंदा सुनुवाई नभएको कुलसुमका बुवा मोहम्मद इस्माईल मन्सुरीले बताए ।

राधादेवी मेमोरियलका प्रीन्सिपल ओम प्रकाश साहले भने विद्यालयको गल्तीले समस्या उत्पन्न नभएको दावी गरे ।

उनले जिल्ला शिक्षा कार्यालय पर्साको लापरबाहीले गर्दा ४ जना विद्यार्थीले परीक्षा शुल्क बुझाएको जानकारी केन्द्रमा नपुगेकाले समस्या आएको दाबी गरे ।

उनले भने “समस्या समाधानका लागि म परीक्षा नियन्त्रण कार्यालय समेत पुगें । जिल्ला शिक्षा कार्यालय पर्साले राजश्व तिरेको प्रमाणित गरिदएको कागज, विद्यार्थीहरुले परीक्षा दिएको परीक्षा केन्द्रको हाजिरीको प्रतिलिपी दिएपछि परीक्षा नियन्त्रण कार्यालयले समस्या समाधान गर्ने आश्वासन दिएको छ ।”

तर जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले भने विद्यालयका प्रिन्सीपल ओम प्रकाश साहको लापरबाहीले समस्या सिर्जना भएको भन्दै उनलाई कारबाही गर्ने चेतावनी दिए ।

उनले भने “प्रिन्सिपल साहले गैर जिम्मेवार बनेर समयमा फर्म नबुझाएको, अभिभावकलाई ठग्ने नियतले काम गरेको देखिएको छ । उनलाई कारबाही गर्ने तयारीमा हामी छौं ।”

यद्यपी विद्यार्थीहरुले वर्ष दिन पढेर परीक्षा दिएकोले ढिलो चाँडो नतिजा थाहा पाउने बताउँदै उनले विद्यार्थीको भविष्यको सन्दर्भमा शिक्षा कार्यालय गम्भीर रहेको बताए ।

परीक्षा नियन्त्रण कार्यालयमा रजिष्ट्रेशन नभएकोले केन्द्रबाट आएको सिम्बोल नम्बरको लिष्टमा छात्राहरुको नम्बर नभएको रजकले जानकारी दिए । छात्राहरुसँग भने सिम्बोल नम्बर लेखिएको प्रवेशपत्र छ । उनीहरुको सिम्बोल नम्बर १३७१५८७ आई र १३७१५९०एल हो ।

“तैपनि हामीले परीक्षा दिने व्यवस्था मिलाएका थियौं । जिल्ला शिक्षा कार्यालयको कर्मचारी पठाएरै भए पनि विद्यार्थीका नतिजा ल्याउने प्रयासमा छौं,” रजकले भने ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>