समाचारबुधबार, आषाढ २३, २०७२
“हामी राजनीति गर्दैनौँ हामी माथि पनि कसैले राजनीति नगरोस”
नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतले राजनीति नगर्ने भन्दै अरुले पनि अदालतमाथि राजनीति गर्न नहुने बताएका छन् ।
२३ असार बिहान शपथग्रहणपछि सर्वोच्च अदालतमा पदभार ग्रहण गरेका श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै राज्यका अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले एकअर्कासँग प्रतिस्पर्धा र राजनीति गर्न नहुने बताए ।
उनले भने, “हामी राजनीति गर्दैनौँ हामीमाथि पनि कसैले राजनीति नगरोस् ।”
उनले अब नयाँ संविधानबाटै स्वतन्त्र न्यायपालिकाको आधार निर्माण हुनपर्ने धारणा राखे ।
उनले न्यायपरिषद, संवैधानिक अदालत, न्यायाधीश नियुक्तिका विषयमा सर्वोच्च अदालतको फूलकोर्टको धारणा लाई नयाँ संविधानमा संलग्न गराउन संविधानसभासंग अपिल गर्ने बताए ।
आफू प्रधानन्यायाधीश भैसकेपछि गर्नेकामहरुको बारेमा उल्लेख गर्दै उनले अदालतमा न्यायाधीशको नियुक्तिका लागि आजैबाट पहल गर्ने बताए । उनले न्यायाधीश नियुक्तिमा कुनै किसिमको हस्तक्षेप र राजनीति नहुने प्रतिवद्धता व्यक्त गरे ।
उनले अदालतमा सेवाग्राहीको सहज पहुँचको व्यस्था मिलाउने, भ्रष्टाचार र विकास निर्माणका मुद्दा चाँडै निरुपण गरिने, अदालतको छवी सुधार्न विशेष पहल गर्ने लगायतका योजनाहरु सुनाए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
