समाचारबुधबार, आषाढ २३, २०७२
नीति तथा कार्यक्रमबारे नेताहरुले के भने ?
विपक्षी दलका नेताहरुले आगामी आर्थिक बर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कुनै नयाँपन आउन नसकेको बताएका छन् । सत्तारुढ दलका नेताहरुले भने यसको बचाउ गरेका छन् ।
-कपिल भट्ट
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नीति तथा कार्यक्रमलाई परम्परागत भएकोे बताए । दाहालले भने, “सरकारले नयाँपन दिन सकेनन्, परम्परा धान्ने काम मात्रै गरेको छ ।”
उनले महाभूकम्प प्रभावितहरुका लागि खासै प्रभावकारी कार्यक्रम आउन नसकेको बताए । दाहालले भूकम्पपछि सरकारले दिनुपर्ने नयाँपन कार्यक्रममा नभएको बताए ।
एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले सोचेजस्तो नआएको बताएका छन् । उनले महाभूकम्पपछि आर्थिक विकास र समृद्धिबारे कुनै कार्यक्रम आउन नसकेको बताए ।
अर्थमन्त्री रामशरण महतले सरकारले मुलुकलाई गति दिनेगरी नीति तथा कार्यक्रम तयार पारेको बताए । उनले राष्ट्र निर्माणलाई पूर्ण प्राथामिकता दिएको बताए ।
नेकपा एमालेका सचिव गोकर्ण बिष्टले नीति तथा कार्यक्रममा केही महत्वपूर्ण विषयहरु छुटेको बताए । उनले भने, “सरकारले कार्यक्रम ल्याउने तर, कार्यान्वयन नहुने समस्या यो पटक नदोहोरिओस् ।” विष्टले नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले हट्न लागेको सरकारसँग धेरै अपेक्षा गर्न नसकिने टिप्पणी गरे । थापाले नीति तथा कार्यक्रमबारे भने, “निराशाजनक, हचुवा र कर्मकाण्डी कार्यक्रम आयो ।” उनले सरकारले बेरोजगारी समाधान गर्ने कुनै कार्यक्रम ल्याउन नसकेको बताए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले नीति तथा कार्यक्रमलाई निरन्तरता भन्दा माथि उठाउन नसकेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
