Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप छनोट: नेपालले अमेरिकाको सामना गर्दै - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ २४, २०७२

विश्वकप छनोट: नेपालले अमेरिकाको सामना गर्दै

हिमालखबर

cricket-generic-rexआइसीसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल संयुक्त राज्य अमेरिकाको सामना गर्दै मैदानमा उत्रने भएको छ ।

आजदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाली टोलीले भोलि शुक्रबार नेपाली समयअनुसार बेलुका ७ बजे आयरल्यान्डको बेलफास्टमा अमेरिकाको सामना गर्ने छ ।

प्रतियोगितामा १४ राष्ट्रको सहभागिता छ ।

नेपालले समूह चरणको खेलमा अमेरिकासहित हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स (युएई), स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।

प्रतियोगितामा शीर्ष ६ भित्र पर्न सके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ । शीर्ष ६ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

त्यस्तै, प्रतियोगिताको पहिलो खेलमा आज आयोजक स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स (युएई) भिड्दै छन् भने आज नै हुने दोस्रो खेलमा अफगानिस्तान र नेदरल्यान्ड्स आमनेसामने हुनेछन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>