अर्थ/बजारबिहीबार, आषाढ २४, २०७२

साठी प्रतिशत तरकारी भारतबाट आयात

हिमालखबर

कञ्चनपुरको भीमदत्तनगरमा ६० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको छ ।

स्थानीय उत्पादनमा गिरावट आएपछि सीमावर्ती भारतीय बजारबाट तरकारी दैनिक आयात गरेर उपभोक्तासम्म पुर्‍याइरहेको कञ्चनपुर मण्डी व्यवसायी सङ्घले जनाएको छ ।

दैनिक आठ क्विन्टल तरकारी यहाँ खपत हुने गरेको जानकारी दिँदै मण्डी व्यवसायी सङ्घका अध्यक्ष तर्कराज भट्टले कुल खपतको ६० प्रतिशत तरकारी भारतबाट आयात भइरहेको बताए ।

“आठ क्विन्टलमा ६० प्रतिशत भारतबाट आयात हुँदैछ” अध्यक्ष भट्टले भने – “४० प्रतिशत सल्यानबाट तरकारी आउँछ ।”
केही समयअघिको वर्षाले कञ्चनपुरमा लगाएको तरकारीखेती प्रभावित भएको हो । अब साउनको दोस्रो सातापछि मात्रै स्थानीय उत्पादन बजारमा आउने सम्भावना छ ।

मण्डीमा हाल प्याज, आलु, लौका, सिमला, चिचिन्डोलगायतका तरकारी भारतबाट आयात गरिँदै आएको छ । बन्दागोभी, गोलभेँडा, काँक्रा र हरियो खुर्सानी सल्यानबाट आयात भइरहेको छ । अन्य समयमा मण्डीमा ८० प्रतिशत तरकारी स्थानीयस्तरमा उत्पादन गरेको हुने गर्दछ ।

“स्थानीय स्तरमा उत्पादित तरकारी खपतको कुनै समस्या नभएको वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाको दाबी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>