समाचारबिहीबार, आषाढ २४, २०७२

ओलीको प्रधानमन्त्री बन्ने पालोः बरिष्ठ नेता खनाल

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता झ्लनाथ खनालले अव सरकारको नेतृत्व गर्ने पालो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भएको बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले भने, “म प्रधानमन्त्री भइसके, पार्टी अध्यक्ष ओली नै प्रधानमन्त्री बन्नुहुन्छ ।” खनालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरे स्वीकार्ने बताए ।

उनले अवको डेढ महीनाभित्र सरकार परिवर्तन हुने बताए । खनालले भने, “छोटो बाटो अपनाएर संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखक नयाँ बन्छन् ।”

नेता खनालले मस्यौदाप्रति असहमत भएकाहरुलाई पनि समेटेर लैजानुपर्ने बताए । “तीन चौथाई मिलेका छौं, अव शतप्रतिशत मिलाउने प्रयत्न हुन्छ”, खनालले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>