समाचारशुक्रबार, आषाढ २५, २०७२
प्रमुख चार दलका शीर्षनेता शीतल निवासमा
राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्षनेतालाई सामसामयिक राजनीतिक विषयमा छलफलका लागि शीतलनिवासमा बोलाएका छन् ।
बिहान ८:३० बजेदेखि शुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार छन् ।
संविधानको मस्यौदा आज, २५ असारदेखि जनतासमक्ष छलफलका लागि लैजान लागेको सन्दर्भमा बसेको सो बैठकमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>