समाचारशुक्रबार, आषाढ २५, २०७२

सीमाकंनमा समस्या छैनः पौडेल

हिमालखबर

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधान जारी गर्नुअघि प्रदेशको सीमाकंनमा समस्या नरहेको बताएका छन् ।

बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले भने, “दलहरुले चाहेमा सीमाकंन गरिएको प्रदेशसहित संविधान जारी गर्न सकिन्छ ।” कांग्रेसका नेता तथा पूर्व सांसद सुर्यप्रसाद प्रधानको जीवनीमा आधारित पुस्तकको विमोचन गर्दै पौडेलले ८ प्रदेशको संघीयतामा असहमति जनाए ।

उपसभापति पौडेलले नेपालले ८ प्रदेश धान्न नसक्ने भएकाले यो सहमतिमा आफ्नो समर्थन नरहेको बताए । उनले भने, “दलहरुबीच ८ प्रदेशमा सहमति भएको छ, अव जनताको सुझाव लिएर चाँडै संविधान जारी हुन्छ ।”

पौडेलले नयाँ संविधानको मस्यौदा राम्रो अध्ययन गरेर सुझाव दिन जनतालाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>