समाचारशुक्रबार, आषाढ २५, २०७२

राप्रपा नेपालको संशोधन प्रस्तावः मंसीरमा स्थानीय निर्वाचन

हिमालखबर

सरकारले पेश गरेको नीति तथा कार्यक्रममा राप्रपा नेपालले संशोधन प्रस्ताव पेश गर्दै स्थानीय निर्वाचनको मिति तोक्न माग गरेको छ ।

संसदमा संशोध प्रस्ताव पेश गरेको राप्रपा नेपालले मंसीरभित्रै स्थानीय निकायको निर्वाचनको मिति तोक्न आग्रह गरेको छ । २३ असारमा संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रममा एक बर्षभित्र स्थानीय चुनाव गराउने घोषणा गरेको छ ।

संविधानसभा निर्वाचन २०७० मंसीरमा ६ महीनाभित्र स्थानीय निकायको निर्वाचन गराउने प्रतिवद्धता व्यक्त गरेका दलहरुले डेढ बर्षसम्म निर्वाचन नगराएकाले यस्तो माग राखिएको राप्रपा नेपालका सह–प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, “६ महीनाभित्र निर्वाचन गराउने प्रतिवद्धता गरेका दलहरुले अहिले फेरि एक बर्ष भन्नुले विश्वास गर्ने ठाउँ छैन ।”

उनका अनुसार धर्म परिवर्तन गराउने नीति विरुद्ध सरकारले कार्यक्रम ल्याउनुपर्ने माग राप्रपा नेपालले राखेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>