थप समाचारशुक्रबार, आषाढ २५, २०७२
बांग्लादेश: भागदौड हुँदा २३ को मृत्यु
उत्तरी बांग्लादेशमा रमाजानका अवसरमा एक धनी व्यक्तिबाट सहयोगस्वरुप लुगा वितरणका लागि आयोजना गरिएको कार्यक्रमा २३ जनाको ज्यान गएको छ ।
रमजानमा जकात (दान) का लुगा लिनका जम्मा भएका गरिब व्यक्तिहरुबीच चलेको तछाडमछाड र भागदौडमा कम्तीमा २३ व्यक्तिको मृत्यु भएको हो। मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् ।
बांग्लादेशको उत्तरी शहर माइमेनसिङ्घमा भएको उक्त घटनामा ५० भन्दा बढी व्यक्ति घाइते भएका प्रहरीले जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
स्थानीय सुर्ती कारखानाका मालिकले ‘जकात’ बाँड्ने घोषणा गरेपछि विहानै करिब १५०० व्यक्ति निशुल्क पाइने लुगा लिन पुगेका थिए । कारखानको साँघुरो ढोकाबाट एकैपटक धेरै मानिसहरु भित्र पस्न खोज्दा भएको भागदौडमा २३ को ज्यान गएको हो ।
प्रहरीले कारखानका मालिकसहित ७ जनालाई नियन्त्रमा लिएको बताइएको छ ।
एएफपी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>