समाचारशुक्रबार, आषाढ २५, २०७२
कांग्रेस महाधिवेशन सर्यो
भदौको अन्तिम साताका लागि तोकिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति सारिएको छ ।
कांग्रेस केन्द्रीय समितिको २५ असारमा बसेको बैठकले महाधिवेशन असोज २ देखि ५ गते सम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन भदौ २४ देखि २८ गतेसम्मका लागि तोकिएको थियो ।
संविधानसभा भवनमै बसेको केन्द्रीय समितिको बैठकले गाउँ, नगर, जिल्ला देखि केन्द्रीय महाधिवेशनको मिति सारेको हो ।
कांग्रेस गाउँ अधिवेशन भदौ १ गते, क्षेत्रको भदौ ७ र जिल्लाको १० गते गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।
“भूकम्पको प्रभाव, मौषम र संविधान जारी गर्ने चटारोले गर्दा तयारीका लागि समय नपुगेको धेरैको गुनासो आएकोले महाधिवेशनको मिति केही दिन सारिएको हो,” जोशीले भने ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>