Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एक महिनामा चौंतिस हजार नेपाली कामका लागि विदेशिए - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, कार्तिक २४, २०६९

एक महिनामा चौंतिस हजार नेपाली कामका लागि विदेशिए

हिमालखबर

वैदेशिक रोजगार विभागका अनुसार यो संख्या गत भदौ महिनाको भन्दा  २२ प्रतिशतले बढी हो । भदौमा २७ हजार ९८ जना अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका थिए ।

त्यसैगरी विदेशमा रोजगारीका असोज महिनामा ६६ हजार ९८५ जनाले विभागबाट श्रम स्वीकृति लिएका छन् भने भदौमा ४४ हजार १११ जनाले स्वीकृति लिएको विभागले जनाएको छ ।

भदौमा श्रम स्वीकृति नवीकरण गर्नेको सङ्ख्या १० हजार २१० थियो भने असोज महिनामा ९ हजार ६२ मात्र छ । तर त्यसभन्दा अघिल्लो महिना साउनमा भने १२ हजार ७३२ ले श्रम स्वीकृति नवीकरण गरेका थिए ।

यस अवधिमा विभागले संस्थागत रुपमा व्यक्तिगत श्रम स्वीकृति लिन रोक लगाएको छ ।

विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको चाड पर्व ढिलो भएकाले यस आर्थिक वर्षको भदौको तुलनामा असोजमा वैदेशिक रोजगारमा जानेको सङ्ख्यामा वृद्धि भएको हो ।

पछिल्लो समयमा साउदी अरब र मलेसियामा जानेहरूको सङ्ख्यामा वृद्धि भएको पनि महानिर्देशक भट्टराईले जानकारी दिए ।     असोज महिनामा ८ हजार १३९ जना साउदी अरब गएका छन् भने १४ हजार ५७५ जना मलेसिया गएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>