खेलकुदशुक्रबार, आषाढ २५, २०७२

नेपाललाई १२२ रनको लक्ष्य

हिमालखबर

आइसीसी विश्वकप टि–ट्वेन्टी छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल र अमेरिकाबीच भइरहेको छ ।

टस हारेर फिल्डिङ गरेको नेपालले अमेरिकाबाट १२२ रनको लक्ष्य पाएको छ ।

अमेरिकी खेलाडि जसदिप सिंह रन आउट भएका छन् ।

——————————————————————————–

वसन्त रेग्मीले अमेरिकी खेलाडी अदिल भट्टीलाई  बोल्ड गरेका छन् ।

अमेरिकाले १९ ओभरमा ९ विकेट गुमाउँदै ११५ रन बनाएको छ ।

——————————-

सोमपाल कामीको बलमा अमेरिकी खेलाडी मोहम्मद घोष आउट भएका छन् । बललाई ज्ञानेन्द्र मल्लले क्याच गरे ।

यो खेलमा कामीले लिएको यो दोस्रो विकेट हो  ।

——————————————————–

शक्ति गौचनको बलमा अमेरिकी खेलाडी करन गणेश क्याच आउट भएका छन् । बललाई प्रदीप एेरीले क्याच गरेका हुन् । भने यो खेलमा शक्तिले लिएको यो तेस्रो विकेट हो ।

————————————————————————-

शक्ति गौचनको बलमा अमेरिकी खेलाडि जपने पटेल एलबीडब्ल्यू भएका छन् ।

अमेरिकाले १३ ओभरमा ६ विकेट गुमाउँदै ८६ रन बनाएको छ ।

—————————

शक्ति गौचनको बलमा अकिम डड्सन् आउट भएका छन् । उनी ३३ बलमा ३९ रन बनाएर आउट भएका हुन् ।  शक्ति गौचनको बललाई वसन्त रेग्मीले क्याच गरे ।

अमेरिकाले १२.१ ओभरमा ५ विकेट गुमाउँदै ८४ रन बनाएको छ ।

 

———————————————————————————————

वन्तको रेग्मीको बलमा अमेरिकाका चौथो ब्याट्सम्यान तिमिल पटेल पनि आउट भएका छन् । बसन्त रेग्मीले नै क्याच गरेका छन् ।

———————————————————————————–

वसन्त रेग्मीको बलमा अमेरिकी ब्याट्सम्यान म्रुनाल पटेल आउट भएका हुन् । बसन्तको बलमा शरद भेषवाकरले क्याच गरेका हुन् ।

अमेरिकाले ९.१ ओभरमा ३ विकेट गुमाउँदै ७० रन बनाएको छ ।

———————————————————————————————————-
सोमपाल कामीको बलमा अमेरिकी ब्याट्सम्यान एलबीडब्ल्यू भएका छन् । अहिलेसम्म ६.३ ओभरमा अमेरिकाले दुई बिकेट गुमाउँदै ५१ रन बनाएको छ ।

—————————————————————————————————————

आयरल्यान्डको बेलफास्टमा जारी प्रतियोगितामा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।

नेपालका सागर पुनले फालेको तेस्रो ओभरको अन्तिम बलमा अमेरिकाका ओपनिङ् ब्याट्स्म्यान फहद बाबरलाई आउट गरेका छन् । उक्त बललाई अनिल मण्डलले क्याच गरेका हुन् ।

cricket_teamनेपालले समूह चरणको खेलमा अमेरिकासहित हङ्कङ, पपुवा न्युगिनी, आयरल्यान्ड, जर्सी र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै, प्रतियोगिताको समूह ‘बी’ मा अफगानिस्तान, केन्या, ओमान, क्यानाडा, संयुक्त अरब इमिरेट्स (युएई), स्कटल्यान्ड र नेदरल्यान्ड्स छन् ।

प्रतियोगितामा शीर्ष ६ भित्र पर्न सके नेपालले विश्वकप खेल्ने मौका पाउनेछ । शीर्ष ६ टोलीले सन् २०१६ मा भारतमा हुने विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>