खेलकुदशुक्रबार, आषाढ २५, २०७२
नेपाल ६ विकेटले विजयी
आयरल्याण्डको वेलफाष्टमा सम्पन्न आइसीसी टि ट्वेन्टी– छनोट चरणको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
——————————————————
बिनोद भण्डारी ८ बलमा ७ रन बनाएर आउट भएका छन् ।
—————————————————-
अहिले क्रिजमा पारस खड्का र विनोद भण्डारी छन् ।
जीतका लागि नेपाललाई १२ बलमा १३ रन अावश्यक छ ।
————————————————————————————-
ज्ञानेन्द्र मल्ल ४३ बलमा १ छक्का ६ चौकाको मद्दतमा ५२ रन बनाएर एलबीडब्ल्यू भएका छन् ।
ज्ञानेन्द्र मल्लले ४२ बलमा ५१ रन बनाउँदै अर्धशतक पूरा गरेका छन् ।
——————————————————————–
अनिल मण्डल ४२ बलमा २९ रन बनाउँदै आउट भएका छन् ।
ज्ञानेन्द्र मल्लले पाँच चौका र एक छक्का हानेका छन् ।
अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र अनिल मण्डल छन्, उनीहरुले साझेदारीमा ७८ रन बनाए ।
————————————
अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र अनिल मण्डल छन्, उनीहरुले साझेदारीमा ३९ रन बनाएका छन् । ज्ञानेन्द्रले २० बलमा १८ रन बनाए ।
ज्ञानेन्द्र मल्लले दुई चौका हानेका छन् । आठौ ओभरमा नेपालले ७ रन लिएको छ । आठौं ओभरको समाप्तिमा नेपालले १ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।
———————————————
अनिल मण्डलले एक चौका प्रहार गरेका छन् ।
नेपालका ओपनिङ ब्याट्सम्यान सागर पुन ५ बलमा एक चौका सहित ६ रन बनाउँदै आउट भएका छन् ।
टस जितेर पहिलो ब्याटिङ गरेको अमेरिकाले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।