समाचारशुक्रबार, आषाढ २५, २०७२
विश्वकप छनोटमा नेपालको विजयी शुरुआत
आइसीसी टी–२० विश्वकप छनोट अन्तरगत भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ ।
जीतका लागि अमेरिकाबाट पाएको १२२ रनको लक्ष्य नेपालले चार विकेट गुमाएर १९. ४ ओभरमा भेट्टायो । उपकप्तान ज्ञानेन्द्र मल्लले ४३ बल खेल्दै ५२ रन जोडेर जितको आधार तयार पारे ।
अनिल मण्डलले २९, पारस खड्काले नटआउट २१, विनोद भण्डारीले ७, सागर पुनले ६ र शरद भेषवाकरले नट आउट २ रन जोडे ।
आयरल्याण्डमा भएको प्रतियोगितामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालले २० ओभरमा १० विकेट लिँदै अमेरिकालाई १२१ बलमा रोकेको थियो । शक्ति गौचन र वषन्त रेग्मीले समान ३–३, सोमपाल कामीले २ र सागर पुनले १ विकेट लिए ।
अन्तिम ओभरको अन्तिम बलमा जसदीप सिंह रन आउट भए । करण केसीले दुई ओभर बलिङ गर्दै सर्वाधिक २७ रन दिए ।
भोली २६ असार बेलुका ७ बजे नेपालले नामिवियासँग खेल्ने छ ।
—————————————————————
अमेरिकाद्वारा नेपाललाई १२२ रनको लक्ष्य
आइसीसी टी–२० विश्वकप छनोट अन्तरगत भएको आफ्नो पहिलो खेलमा नेपालले जीतका लागि अमेरिकाबाट १२२ रनेको लक्ष्य पाएको छ ।
आयरल्याण्डमा अहिले भइरहेको प्रतियोगितामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालले २० ओभरमा १० विकेट लिँदै अमेरिकालाई १२१ बलमा रोक्यो । शक्ति गौचन र वषन्त रेग्मीले समान ३–३, सोमपाल कामीले २ र सागर पुनले १ विकेट लिए ।
अन्तिम ओभरको अन्तिम बलमा जसदीप सिंह रन आउट भए । करण केसीले दुई ओभर बलिङ गर्दै सर्वाधिक २७ रन दिए ।
अहिले इनिङ ब्रेक भएको छ । केहीछिनपछि नेपालले ब्याटिङ गर्ने छ । यो प्रतियोगितामा नेपालका नियमित ओपनर सुवास खकुरेल खेलेका छैनन । उनको ठाउँमा विनोद भण्डारीले विकेट किपरको भूमिका निर्वाह गर्नेछन् ।