समाचारशनिबार, आषाढ २६, २०७२
मन्त्री उपस्थित नभएपछि संसद बैठक स्थगित
व्यवस्थापिका–संसद्को २६ असारको बैठकमा सरकारका कुनै पनि मन्त्री सहभागी नभएकाले बैठक केहीबेरका लागि स्थगन गरिएको छ ।
एमाओवादीका अमनलाल मोदीले बैठकको शुरुमा नै सरकारका कुनै पनि प्रतिनिधि बैठकमा उपस्थित नभएको भनी नियमापत्ति जनाएपछि सभामुख सुवास नेम्वाङले बैठक स्थगन गरेका हुन् ।
सरकारको नीति तथा कार्यक्रममा छलफल हुँदा सरकारका प्रतिनिधि उपस्थित हुनुपर्ने प्रावधान छ । तर, २३ सदस्यीय मन्त्रिपरिषदका कोही पनि बैठकमा उपस्थित थिएनन् ।
आजको बैठकमा पनि सरकारले आव २०७२/७३ का लागि पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल हुने कार्यक्रम छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>