Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बूढीगण्डकी आयोजना जसरी पनि बनाइन्छ: प्रम - Himalkhabar.com

अर्थ/बजारशनिबार, आषाढ २६, २०७२

बूढीगण्डकी आयोजना जसरी पनि बनाइन्छ: प्रम

हिमालखबर

PM Address NEFINप्रधानमन्त्री सुशील कोइरालाले बूढीगण्डकी जलविद्युत् आयोजना जसरी पनि बनाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।

२६ असार बिहान बूढीगण्डकी आयोजना शीघ्र निर्माण हुनुपर्ने मागसहित प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको सरोकार समिति र गोरखा तथा धादिङका जनप्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले यसपटकको बजेटमा समेत यो आयोजनालाई प्राथमिकतामा राखिने बताए ।

उनले यो आयोजनाका बारेमा विशेष ध्यान दिन अर्थमन्त्री रामशरण महत र ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई पनि विशेष निर्देशन समेत दिएका छन् ।

आउँदो आवका लागि सरकारको नीति तथा कार्यक्रममा परिसकेको उक्त आयोजना निर्माणका लागि जग्गा अधिग्रहणलगायत कार्यक्रम यसै वर्ष आरम्भ गर्न कांग्रेस सचेत चीनकाजी श्रेष्ठ नेतृत्वको टोलीले आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

बाह्र सय मेगावाट क्षमतामा विकास गर्न लागिएको नेपालको हालसम्मको सबैभन्दा ठूलो बूढीगण्डकी जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको विस्तृत अध्ययन गरिरहेको फ्रान्सको ट्र्याकबेल कम्पनीले भूकम्पका कारण प्रतिवेदन बुझाउने कार्र्यमा केही विलम्ब भएको जनाएको छ ।

कम्पनीले सो आयोजनाबाट विस्थापित हुनेलाई प्राथमिकता दिने गरी गोरखाको सिउरेनीटारमा नयाँ शहर बसाल्न सकिने सम्भावना औंल्याएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>