थप समाचारआइतबार, आषाढ २७, २०७२

बैंकमा जम्मा गर्न लागेको रु ५० हजार गायब

हिमालखबर

bankलमजुङको बेसीशहरस्थित राष्ट्रिय बाणिज्य बैंकमा रकम दाखिला गर्ने क्रममा एक सेवाग्राहीको ५० हजार रुपैयाँ चोरी भएको छ ।

श्रीमञ्ज्याङ गाविसका सचिव मेघनाथ घिमिरेले गाविसको परियोजना र कर दाखिलामार्फत उठेको रकम रु २ लाख १६ हजार ८४० वाणिज्य बैंकमा जम्मा गर्न लाग्दा त्यसमध्ये रु ५० हजार गायब भएको हो ।

ब्यांकभित्रै रकम दाखिला गर्नै लाग्दा पछिबाट कसैले झोला तानेको अनुभव भएको र त्यसलगत्तै झोलाबाट ५० हजार गायब भएको उनले बताए ।

हजार–हजारका दुई बिटा र पाँच सयकको एक बिटा राखेको झोलाबाट पाँचसयको बिटो हराएको उनको भनाई छ ।

“गाविसको योजनाको पैसा अब कसरी तिर्ने ?’ उनले भने । रकम हराउने वित्तिकै उनले बैंकका प्रवन्धक ईन्द्रविलास न्यौपानेलाई र त्यसपछि स्थानीय प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

रकम हराएको भन्दै सचिव घिमिरेले हल्ला गरेलगत्तै बैंक बन्द गरेर त्यहाँ रहेका सबैको खानतलासी गरिए पनि रकम भने भेटिएन ।

सेवाग्राहीहरुले बैंकमा सुरक्षाको प्रवन्ध राम्रो नभएको सीसी क्यामरा पनि नराखिएको भन्दै गुनासो गरेका छन् ।

यस अघि पनि वाणिज्य बैंक बेसीशहर शाखाबाट सेवाग्राहीको रकम पटक पटक हराइसकेको छ ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>