समाचारआइतबार, आषाढ २७, २०७२

दाहाल–भट्टराई आरोप प्रत्यारोप

हिमालखबर

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी विग्रिएको आरोप एकअर्कालाई लगाएका छन् ।

पार्टीभित्रको विवाद बढ्दै गएको बेला एमाओवादीका दाहाल र भट्टराई एउटै मञ्चबाट आरोप प्रत्यारोपमा उत्रिए । २७ असारमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको वैचारिक प्रशिक्षण कार्यक्रममा दाहालले पार्टी विग्रदै जानुमा भट्टराईलाई दोष लगाए भने भट्टराईले दाहाल जिम्मेवार भएको बताए ।

दाहालले पार्टीभित्र गुटउपगुट निर्माण एमाओवादी कम्युनिष्ट पार्टी नै नभएकोजस्तो बनेको बताए । उनले भने, “एउटै जिल्लामा ९ वटासम्म गुट छन्, कसरी कम्युनिष्ट पार्टी रह्यौं ।” अध्यक्ष दाहालले नयाँ शक्तिका नाममा पार्टीभित्र गुटबन्दी बढ्दै बुर्जुवा पार्टी बन्न थालेको बताए ।

यसअघि, बोलेका भट्टराईले नेतृत्वको कारण पार्टी विग्रदै गएको बताए । उनले पार्टीभित्र लगातार भइरहेको फुट नेतृत्वकै कारण भएको बताए । भट्टराईले भने, “महादेवले सतीदेवी बोके जसरी पार्टी चल्दैन, सकिन्छ ।”

उनले मोहन वैद्य, नेत्रविक्रम चन्द, मातृका यादवहरु पार्टीबाट बाहिरिनुको दोष अध्यक्ष दाहाललाई लगाए । उनले भने, “सतीदेवी अंगहरु खसेजसरी नेताहरु छुट्टै गएका छन् ।” २६ असारमा सँगै वीरगञ्ज गएका दाहाल र भट्टराई नाचघरमा आयोजित कार्यक्रममा पनि सँगै थिए ।

तर, उनीहरुबीच समानान्तर भेला राख्नेदेखि सार्वजनिक आरोप प्रत्यारोप रोकिएको छैन । भट्टराईले अध्यक्ष दाहालले नेतृत्व नछोडे नयाँ पार्टी खोल्ने चेतावनी दिदै आएका छन्, भने दाहालले भट्टराईलाई अनुशासनको प्रश्न उठाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>