थप समाचारमंगलबार, आषाढ २९, २०७२
आदिकविको शालिकमा माल्यार्पण
आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको शलिकमा माल्यार्पण गरिनु साथै उनको व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो ।
नेपाल शिक्षा परिषद्लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको शालिकमा माल्यार्पण गर्दै नेपाली भाषाको विकास गरी नेपालीलाई एकताबद्ध गर्न आदिकविको ठूलो योगदान रहेको स्मरण गरे ।
सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले आदिकवि आचार्यलाई सम्पूर्ण नेपालीले सदैव स्मरण गर्नुपर्नेमा जोड दिए ।
साहित्यिक व्यक्तित्व रमा शर्मा, कमलमणि दीक्षित, भीमबहादुर अधिकारी, शीला पन्त, दीर्घराज प्रसाईं, सावित्री खरेल, भवानी पौडेललगायतले आदिकवि आचार्यको शालिकमा माल्यार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>