Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पारस खड्का भन्छन, ‘५३ मै अलआउट भएपछि भन्न के बाँकी रह्यो र !’ - Himalkhabar.com

थप समाचारमंगलबार, आषाढ २९, २०७२

पारस खड्का भन्छन, ‘५३ मै अलआउट भएपछि भन्न के बाँकी रह्यो र !’

हिमालखबर

parasटि ट्वेन्टी छनोट चरणको खेलमा आयरल्याण्डसँग ८ विकेटले पराजित भएको नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले त्यो खेल विर्सेर सकारात्मक सोच राख्दै अगाडि बढने बताएका छन् ।

इएसपीएन क्रिकइन्फोसँगे कुरा गर्दै उनले भनेका छन् “यो हाम्रा लागि खराब दिन सावित भयो, “५३ मै अलआउट भइसकेपछि भन्न के बाँकी रह्यो र ! अब हामीले यो खेल पूरै विर्सनुपर्छ । चाहेजस्तो गर्न सकिएन । १३०–१४० पुर्‍याउने लक्ष्य थियो, त्यसो भएको भए केही धक्का दिन सकिन्थ्यो तर, हामी खेल्न सकेनौं ।”

नेपालले सन् २००८ मा सम्पन्न डिभिजन फाइभ लिगपछि बेलायती द्विपमा खेल्ने अवसर पाएको थिएन । तर, खड्का त्यस्तो भन्नु बहाना मात्रै हुने बताउँछन् । उनका अनुसार नेदरल्याण्ड्समा भएको अभ्यास खेल र आयरल्याण्डमा खेलअघि १० दिनको बसाइँ त्यहाँको वातावरणमा बानी पर्न पर्याप्त थियो ।

“फरकफरक अवस्थामा खेलेर आफूलाई प्रमाणित गर्नुपर्छ,” खड्काले भनेका छन् । “यदि हाम्रो लक्ष्य वान डे इन्टरनेशनल हो भने अहिले हामी यि सबै टिमविरुद्ध खेल्न सक्नुपर्छ । यहाँको अवस्थालाई दोष दिएर हुँदैन । हामी जहाँ गए पनि राम्रो खेल्नै पर्छ ।”

“वास्तवमै हामी जुन वातावरणमा अभ्यस्त भएका छौं, यहाँ त्यस्तो छैन तर, क्रिकेटको सुन्दरता भनेकै यही हो– फरकफरक ठाउँहरुमा अन्तर्राष्ट्रिय खेलहरु भइरहन्छन् । फरक–फरक अवस्थामा आफूलाई अभ्यस्त बनाउँदै त्यही लेभलको प्रदर्शन गरेर नै राम्रो क्रिकेटर भइन्छ । त्यसैले अब हामी अगाामी खेलहरुमा केन्द्रित हुन्छौं । यहाँको वातावरणमा अभ्यस्त छैनौं भन्नु त बहानामात्रै हुन्छ । हो अवस्था फरक छ तर, यो त आयोजक देशको टोली बाहेक सबैका लागि फरक छ नी । अहिले सकारात्मक सोच राख्नु निकै जरुरी छ ।”

अमेरिकासँगको खेलमा ५२ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ललाई ब्याटिङ क्रममा तेस्रो बाट पाँचौ स्थानमा मैदानमा उतार्ने निर्णयको बचाउ गर्दै खड्काले भने, “योजना अनुसार नै त्यसो गरिएको हो, जुन काम लागेन ।”

“अगाडि बढ्नका लागि यो खेल महत्वपूर्ण छ भन्ने राम्रै हेक्का थियो । सम्भवतः आयरल्याण्ड समूहकै उत्कृष्ट टोली पनि हो । शुरुमै राम्रो स्कोर बनाउनका लागि हामीले चान्स लिनुपर्छ भन्ने सोच्यौं । दुभाग्र्यबस त्यसो हुन सकेन अब पूरानै अवस्थामा फर्केका छौं । हामी को कतिबेला खेल्ने भनेर क्रममा अलमलिनुभन्दा पनि जस्तोसुकै परिस्थितिका लागि पनि तयार हुनुपर्छ– विशेषगरी टि–ट्वेन्टी क्रिकेटमा ।”

फराकिलो अन्तरको हार व्यहोर्दा पनि टोलीको संभावनाप्रति खड्का सकारात्मक छन् । आगामी केही प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै रनरेट अन्तरलाई कम गर्नेमा उनी आशावादी छन् ।

“विश्वकपमा पुग्न कति गाह्रो छ भन्ने हामीलाई भन्दा बढी कसलाई थाहा होला र ! डिभिजन पाँच, चार, तीन हुँदै यहाँसम्म आएका हामीलाई रनरेटका लागि प्रत्येक प्रतियोगिता, प्रत्येक रन र प्रत्येक विकेट कति महत्वपूर्ण हुन्छ, राम्रै थाहा छ । आगामी खेलहरुमा पूरै ताकत लगाएर सकेजति उत्कृष्ट खेल्ने छौं, अवश्य पनि परिणाम राम्रै हुनेछ ।”

“हामीले अगाडि बढ्नका लागि ध्यान केन्द्रित गर्नु जरुरी छ । अवसर छ, तर त्यो प्राप्त गर्न हामीमा भोक कति छ भन्ने मुख्य कुरा हो । जति धेरै चाह उती राम्रो परिणाम । हामीसँग संभावना र कौशल छ, अब यसलाई संख्या र प्रस्तुतिमा उतार्नपर्छ । हाम्रो एकता र सामूहिक भावनाले अवश्य हामी अगाडि बढ्ने छौं ।”

नेपालले नेपाली समयानुसार ३० असार बेलुका ७ बजे हङ्कङसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>