Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उद्धार कहिले? - Himalkhabar.com

थप समाचारबुधबार, आषाढ ३०, २०७२

उद्धार कहिले?

हिमालखबर

अवैध रूपमा नेपाली युवती खाडी मुलुक पठाउने शोभाकान्त भट्टराई त समातिए, तर युवतीहरूको उद्धार हुनसकेको छैन।

सिरिया पुर्‍याइएकी ज्ञानुरेश्मी मगरले जीवन रक्षाका लागि फेसबुकमार्फत गरेको याचना ।

सिरिया पुर्‍याइएकी ज्ञानुरेश्मी मगरले जीवन रक्षाका लागि फेसबुकमार्फत गरेको याचना ।

शंकरनगर–३, बुटवलकी ज्ञानुरेश्मी मगर (रेनु) लाई एक वर्षअघि गैरकानूनी रूपमा सिरिया पुर्‍याउने बुटवल, देवीनगरका शोभाकान्त भट्टराई (३८) पक्राउ परेका छन्। २२ असारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंको चाबहिलबाट पक्राउ गर्दा उनी दुबई भाग्ने तयारीमा थिए।

बुटवलकै सुक्खानगरमा ब्यूटिपार्लर सञ्चालन गरिरहेकी २७ वर्षीया रेनुलाई ‘दुबईमा राम्रो काम छ’ भन्दै भट्टराई र भारत बस्ने सर्लाहीका पञ्चु लामाले जेठ २०७१ को पहिलो साता भारतबाटै सिरिया उडाएका थिए।

रेनुले सिरियाबाटै झ्न्डै एक महीनाअघि फेसबूक मार्फत ‘सरकार, म बाँच्न चाहन्छु, यो नर्कबाट मलाई बचाउनुस्’ भन्दै याचना गरेपछि उनको वास्तविकता सार्वजनिक भएको थियो।

सिरिया पुगेपछि मात्र आफू ६ हजार डलरमा बेचिएको थाहा पाएको बताउँदै उनले घरमालिककी पत्नीको शारीरिक र मानसिक यातनाले आफू कुनै पनि वेला मर्न सक्ने पीडा पोखेकी थिइन्।

घरमालिकले ६ सय डलर दिए मात्र घर छाड्न अनुमति दिएको, मोबाइल फोन चलाउन नदिएको र फेसबूक चलाउन नदिने धम्की दिएको ज्ञानुले लेखेकी थिइन्।

आफूसँगै आएकी अर्की साथीको अवस्था पनि दयनीय रहेको जनाउँदै रेनुले दलालहरू भट्टराई र लामाको तस्वीर सहित मोबाइल नं. र मालिककी पत्नीको फोन समेत फेसबूकमा राखेकी थिइन्।

फेसबूक मार्फत रेनुको याचना थाहा पाएसँगै भागेर काठमाडौं आएका भट्टराईको डेराबाट प्रहरीले अन्य चार युवतीका राहदानी, मेडिकल रिपोर्ट र अन्य कागजात बरामद गरेको छ। उनी युवतीसँगै दुबई भाग्ने दाउमा रहेको प्रहरीको भनाइ छ।

बुटवलमै मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएका भट्टराईले दुबईहुँदै सिरिया पुर्‍याएको स्वीकार गरेका छन्। बुटवलस्थित इलाका प्रहरी कार्यालयको (हे. बक्स तल) हिरासतमा हिमाल सँग कुरा गर्दै भट्टराई भन्छन्, “कागजी सबै काम पञ्चुले गर्थे। उनकै पहलमा भारतबाट भिसा लगाई उनीहरूलाई सिरिया पठाइएको हो।” उनीसँगै मुद्दा दायर गरिएका पञ्चु अझै फरार छन्।

भट्टराई पक्राउ परे पनि रेनुको उद्धारका लागि भने सरकारीस्तरबाट प्रभावकारी पहल हुनसकेको छैन। सीआईबीका प्रहरी उपरीक्षक श्यामलाल ज्ञवाली सिरियामा नेपाली दूतावास नहुँदा उद्धारमा समस्या परेको बताउँछन्। भन्छन्, “अनौपचारिक पहल गरिरहेका छौं तर अहिलेसम्म कुनै सकारात्मक प्रतिक्रिया आएको छैन।”

दीपक ज्ञवाली, बुटवल

————————————————————————————

शोभाकान्त भट्टराई

शोभाकान्त भट्टराई

‘पछुतो लागेको छ’

रोजगारको क्रममा ६ वर्ष कुवेत बसेका शोभाकान्त भट्टराईले त्यहीं रहँदा नै नेपाली युवती खाडी मुलुक पठाउने ‘धन्दा’ थालेका थिए। उनी भन्छन्, “उताको काम म आफैं मिलाउँथें, यताबाट साथीहरूले केटीहरू पठाउँथे।” दुई वर्षअघि नेपाल फर्किएपछि त उनले सञ्जाल नै बनाए।

भट्टराईका अनुसार, अहिलेसम्म ३३ जना महिलालाई उनले खाडी मुलुक पठाएका छन्। भन्छन्, “२० जना कुवेत, १० जना दुबई र तीन जनालाई सिरिया पठाएको हुँं।” तर, भट्टराईले ४० भन्दा बढी युवतीलाई विभिन्न खाडी मुलुकमा पठाएको प्रहरीको दाबी छ।

दुई वर्षयता सर्लाहीका पञ्चु लामा उनका साझेदार बनेका थिए। भट्टराई बुटवलमा युवती जम्मा गर्थे। र, भारत बस्ने पञ्चुकहाँ पठाउँथे। पञ्चुले नै सबै कागजपत्र बनाएर खाडी मुलुक पठाउँथे।

शोभाकान्तले काठमाडौंबाट सोझै दुबई जान नमिल्ने भन्दै रेनु सहितका युवतीलाई बुटवलबाट सुनौली नाकाहुँदै १८ वैशाख २०७१ मा भारत पुर्‍याएका थिए। बाँकी काम उनकै भनाइमा पञ्चुले गरे। “भारतबाटै सिरियाको भिसा लगाएर उनीहरूलाई सिरिया पठाइएको हो”, उनी भन्छन्।

फेसबूक मार्फत सिरियामा रेनुको स्थिति थाहा पाएपछि आफूले पनि उनीसँग र आफ्नो पार्टीसँग कुरा गरेको भट्टराईको दाबी छ। त्यहाँको पार्टीले दुई–तीन महीनापछि रेनुलाई झिकाइदिने बताएको उनको भनाइ छ।

धमाधम युवती विदेश पठाउने काम गर्दै आए पनि भट्टराईसँग कुनै वैधानिक संस्था वा आधार भने छैन। हिरासतमा परेपछि भने आफूलाई नगर्ने काम गरेकोमा पछुतो लागिरहेको उनी बताउँछन्। भन्छन्, “धेरैलाई पठाएँ। गर्नै नहुने काम गरिरहेको थिएँ। पछुतो लागिरहेको छ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>