समाचारबुधबार, आषाढ ३०, २०७२

पुनःनिर्माणमा हचुवा बजेटः भट्टराई

हिमालखबर

एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले पुनःनिर्माण क्षेत्रमा हचुवा कार्यक्रम अाएकाे बताएका छन् ।

बजेटमाथिको छलफलमा बोल्दै उनले अल्पविकसितबाट विकासशीलस्तरमा मुलुकलाई पुर्‍याउन आवश्यक आर्थिक वृद्धिदर हासिल गर्न अपनाउनुपर्ने महत्वपूर्ण नीतिगत कदमको पहिचान गर्न समेत सरकार र बजेट चुकेको बताए ।

उनले भने, “सबै दलको राजनीतिक नेतृत्वलगायत सिङ्गै मुलुक बजेटका लागि मानसिक रुपमा समेत तयार रहेको अवस्थामा यो बजेटले युगान्तकारी हुनसक्ने अवसरलाई उपयोग गर्न सकेको छैन ।”

भूकम्पपछिको नेपाली जनताको नवनिर्माणको आकाङ्क्षालाई यो बजेटले तुसारापात गरेको उनले बताए । “केही झिनामसिना सामान्य सुधारका कार्यक्रमबाहेक यो बजेटले आवश्यक संरचनात्मक परिवर्तनका नीति र बजेटको व्यवस्था गरेको छैन”, भट्टराईले भने ।

परम्परागत र कर्मकाण्डी भन्दामाथि उठेर बजेट तर्जुमा हुन नसकेको बताउँदै उनले पुनःनिर्माणका लागि जे जति बजेट छुट्याइएको छ त्यो पूर्णरुपमा हचुवाका भरमा आएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>