Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
हङकङलाई ११० रनकाे लक्ष्य - Himalkhabar.com

खेलकुदबुधबार, आषाढ ३०, २०७२

हङकङलाई ११० रनकाे लक्ष्य

हिमालखबर

NNNट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट खेलमा नेपालले हङकङलाई ११० रनकाे लक्ष्य दिएकाे छ ।

हङकङले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पूरै खेल खेल्दा रन १०९ रन बनाएकाे छ ।

नेपालका लागि सवै एक छक्कासहित २४ बलमा २७ रन बनाएका थिए भने राजेश पुलामीले दुई छक्कासहित २५ रन बनाए । साेमपाल कामीले १२ बलमा १६ रन ल्याएका थिए ।

अन्य ब्याट्सम्यानहरु सागर पुन र बसन्त रेग्मीले ११/११ रन ल्याए । यस्तै, सुबास खकुरेल र शक्ति गाैचनले २/२ रन ल्याए । नेपालका कप्तान पारस खड्काले १ रन ल्याए भने ज्ञानेन्द्र मल्ल र प्रदिप एेरीले खाता खाेल्न सकेनन् ।

नेपालका अाेपर ब्याट्सम्यान सुबास खकुरेल ३ बल २ रन ल्याएर अाउट भए । त्यसपछि क्रिजमा अाएका ज्ञानेन्द्र मल्ल २ बलमा शून्य रन बनाएर अाउट भए ।

समूह ‘ए’ तर्फ एक जीत, एक हार र एक खेल बराबर खेलेको नेपाल समूहको चौथौं स्थानमा छ भने एक हार र एक खेल बराबर गरेको हङकङ अन्तिम स्थानमा छ ।

हङकङ पहिलो खेलमा जर्सीसँग पराजित भएको थियो भने पपुवा न्यूगिनीसँग अंक बाँडेको थियो । तीन खेल खेलेको नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो भने बलियो प्रतिद्वन्द्वी आयरल्याण्डसँग आठ विकेटले पराजित भएको थियो । नामिबियासँग भएको खेलमा अंक बाडिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>