थप समाचारबुधबार, आषाढ ३०, २०७२
सात जना इन्सपेक्टरसिहत ४०१ प्रहरीलाई कार्बाही
पेशागत आचरण विपरीत काम गरेको भन्दै अञ्चल प्रहरी कार्यालय लुम्बिनीले ४०१ प्रहरीलाई कारबाही गरेको छ ।
आफू मातहतका प्रहरी कर्मचारीलाई कार्बाही गरिएको अञ्चल प्रहरीले जनाएको छ । मुस्कानसहितको प्रहरी सेवा, भ्रष्टाचारप्रतिको शून्य सहनशीलता तथा लैङ्गिक तथा यौन हिंसाविरुद्धको शून्य सहनशीलता अपनाएको नेपाल प्रहरी प्रशाशनभित्र अनुशासन र आचरणहिन काम गर्ने प्रहरी कर्मचारी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
अञ्चल प्रहरी कार्यालय लुम्बिनीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक गणेश केसीले प्रहरी कार्यालयका सहायकदेखि प्रहरी निरीक्षकसम्मलाई कारबाही गरिएको बताए ।
उनका अनुसार कारबाहीमा पर्नेमा सात प्रहरी निरीक्षक, २५ प्रहरी नायब निरीक्षक, ४६ प्रहरी सहायक निरीक्षक, ८१ प्रहरी हवल्दार, २३५ प्रहरी जवान र सातजना प्रहरी कार्यालय सहायक गरी ४०१ रहेका छन् । रासस