रमझमबिहीबार, आषाढ ३१, २०७२
क्याबात् मीरा !
११ असारमा फ्रान्समा आयोजित ‘समोनि–माउन्ट ब्लांक’ दौड प्रतियोगितामा प्रथम भइन्, भोजपुरकी मीरा राई (२३)। ८० किलोमीटरको उक्त दौड १२ घण्टामा पूरा गर्दै मीराले ३० राष्ट्रका सहभागीलाई पछिपारेकी थिइन्।
यो जितले उनलाई नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रिय खेल जगत्मा पनि प्रसिद्ध बनाएको छ। मेक्सिकोको ‘आउटसाइड अनलाइन’, हङकङको ‘साउथ चाइना मर्निङ पोस्ट’, सिंगापुरको ‘सिसुगर्ल्स डट ओआरजी’ लगायतका सञ्चारमाध्यमले उनीबारे चर्चा गरेका छन्। मीराकै फेसबुक वालमा पनि विभिन्न देशका थुप्रै प्रशंसकले बधाई दिएका छन्।
यसअघि हङकङमा भएको ५० किमी स्काई रनिङ च्याम्पियनसिप, मुस्ताङ ट्रेल दौड आदिमा पदक जितेकी थिइन्। उनी अयोग्य ठहर्याइएकी माओवादीकी पूर्वलडाकू हुन्।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>