रमझमबिहीबार, आषाढ ३१, २०७२
शरणार्थी संगीत
पुनर्वासका क्रममा सन् २००९ मा अमेरिका पुगेका भूटानी शरणार्थी मनोज राई (३९) ‘सिनोरिटा’ लिएर झापाको खुदुनाबारीस्थित शरणार्थी शिविर आइपुगेका छन्। सात वटा गीत रहेको यो अल्बमको ६ वटा गीतमा मधुकर लोहनीको शब्द र संगीत छ।
२४ वर्षअघि भूटानबाट खेदिएका राईलाई प्रत्येक दिन देश नहुनुको पीडाले पोल्थ्यो। शिविरको विद्यालयका शिक्षक उनले यहीं रहँदा ‘हिमालको काखमा छ सानो हाम्रो भूटान देश…’ गीत बनाए। अल्बममा यो गीत पनि संग्रहित छ। सर्भाङ गाउँमा जन्मे–हुर्केका मनोज ‘सिनोरिटा’ लाई नेपाली गीत ‘कान्छी हे कान्छी’ को रुपान्तरण ठान्छन्।
बितेको आठ वर्षमा ९५ हजार भूटानी यूरोप, अमेरिका र अष्ट्रेलियामा पुनर्वास भएका छन्, जसमध्ये करीब ८१ हजार त अमेरिकामा छन्। त्यहाँ हुने नेपालीभाषी सांस्कृतिक कार्यक्रममा पनि उनी गाइरहन्छन्। उनी भन्छन्, “भूटानबाट खेदिएर कुन गर्तमा पुगियो भन्ने पीर लागेको थियो, अहिले दुःख सुनिदिने बढेका छन्।”
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
