रमझमबिहीबार, आषाढ ३१, २०७२

नेपालले पपुवा न्युगिनीको सामना गर्ने

हिमालखबर

आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट प्रतियोगिताअन्तर्गतको पाँचौ खेलमा  नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ ।

आयरल्यान्डमा भइरहेको उक्त छनौट प्रतियोगितामा नेपाली टोलीले १ साउन दिउँसो २:४५ बजे डब्लिनमा पपुवा न्यूगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

दोस्रो पटक विश्वपकप खेल्ने नेपालको सपना भने न्यून हुँदै गएको छ ।

जारी प्रतियोगितामा चार खेल खेलेको नेपालले एक खेलमा मात्र जित हासिल गरेको छ, दुई खेलमा हारेको छ भने बाँकी एक खेल बरबरीमा टुङ्गिएको थियो ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो नामिबियाविरुद्वको खेल वर्षाका कारण रद्द भई दुवै टोलीले अङ्क बाँडेका थिए ।

तेस्रो खेल आयोजक आयरल्यान्डसँग ८ विकेटको हार बेहोरेको थियो भने चौथो खेलमा नेपाल हङ्कङसँग पाँच विकेटले पराजित भयो ।

पपुवा न्यूगिनी पनि बलियो टोली मानिन्छ । अहिले नेपाली टोली पपुवा न्यूगिनीसँग चौथो पटक भिड्न लागेको हो ।

जारी प्रतियोगितामा पाचौँ स्थानमा रहेको नेपालको तीन अङ्क छ भने पपुवा न्यूगिनी पाँच अङ्कका साथ लिगको दोस्रो स्थानमा छ । त्यस्तै ६ अङ्कका साथ आयोजक आयरल्यान्ड पहिलो स्थानमा छ ।

नेपालले अब बाँकी दुई टोली पपुवा न्यूगिनी र जर्सीलाई पराजित गरे पनि समूहको चौथोमा रहने वा नरहने भन्ने अन्य टोलीको खेलमा निर्भर रहन्छ ।

आईसिसीको नियम अनुसार समूहको शीर्ष स्थानमा रहने दुई टोली विश्वकपका लागि छनोट हुनेछन् । दुबै टोलीको दोस्रो र तेस्रो स्थानमा रहनेले क्रस प्ले म्याच खेल्नेछन् र त्यसको विजेता पनि विश्वकपमा पुग्नेछन् ।

प्ले अफमा पराजित भएका दुई टोली र दुबै समूहको चौथो स्थानमा रहने टोलीबीच अर्को प्ले अफ हुनेछ र त्यसको विजेता टोलीले पनि विश्वकपमा सहभागी हुन पाउने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>