खेलकुदबिहीबार, आषाढ ३१, २०७२

क्यानले फिजियो डा असाईलाई हटायो

हिमालखबर

ashai

डा. अजिज असाइ

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीका फिजियो डा एजाज वसिर असाईलाई पदबाट हटाएको छ ।

आयरल्याण्डमा नेपाली टोलीसँगै रहेका डा असाईले होटेलकी महिला कर्मचारीमाथि यौन दुर्व्यबहार गरेको अभियोग लागेकाले पदबाट तत्कालै हटाउने निर्णय गरिएको क्यानका कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यले बताए ।

“डा असाईले महिलामाथि अभद्र व्यवहार भएको पुष्टि भएकोले हटाइएको हो”, उनले भने ।

नेपाली टोलीसँगै आयरल्याण्डको ला मोन्ट होटलमा रहेका ४२ वर्षका भारतीय नागरिक डा असाईले महिला मसाजरलाई दुर्व्यवहार गरेपछि उनलाई प्रहरीले पक्राउ गरी स्थानीय अदालतमा उपस्थित गराएको छ ।

टी–ट्वन्टी विश्वकप छनोटका लागि नेपालले क्रिकेट फिजियो असाईलाई राष्ट्रिय टीमको फिजियोमा नियुक्त गरेको थियो ।

घटनाबारे वेलायतका  सञ्चारमाध्यमहरुमा समाचार समेत प्रकाशित भएको थियो  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>